पोखरा
ताण्डव न्यूज ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा अब्यवस्थित पत्रकार सम्मेलन भएको भन्दै पत्रकारहरुले गुनासो पोखे ।
एउटा घटना बारे जानकारी दिने उद्देश्यले आज मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा अधिकाशं गैरपत्रकारहरुको सहभागिता रहेको अग्रज पत्रकार नविन सिक्देलले बताए । ‘कहिले नदेखिएका धेरै छन्,’ उनले भने, ‘अगाडी त्यो पनि कुर्सिमा चढेर भिडियो खिच्ने नाममा सबै छेक्ने अनि हल्ला गर्ने पछाडिका पत्रकारले के बुझेर के लेख्ने हो ?’

व्यवस्थीत पत्रकार सम्मेलन गर्नुपर्ने अर्का अग्रज पत्रकार वासु मिश्रले बताए । ‘कास्की प्रहरीले पत्रकारलाई बोलाएपछि पत्रकार मात्र हुनु प¥यो, अनावश्यक व्यक्तिको भिड भयो,’ उनले भने, ‘गैरपत्रकारको हाबी बढि हुदा पत्रकार सम्मेलनको औचित्य रहेन् ।’
युट्युबेहरुले विगारेको पत्रकार कृष्ण दवाडीले बताए । ‘एक दुई युट्युब च्यानल ठिक छन्, तर धेरै जसो युटुबर्सले भद्रगोल भयो पत्रकार सम्मेलन,’ उनले भने, ‘कास्की प्रहरीले कार्ड हेरर पत्रकारलाई मात्र प्रवेश गराउनु पर्छ ।’
पत्रकारको नाममा अतिरन्जित गरेर भिडियो हाल्नेहरुको हावि रहेको पत्रकार सन्तोष सुवेदीले बताए । ‘युटुवमा अनावश्यक हंगामा मच्चाउने अनि भ्युअर बढाउने कामाउ धन्दामा लाग्नेको हावी भयो,’ उनले भने, ‘आजको पत्रकार सम्मेलनमा वास्तवीक पत्रकार मारमा परे, जसले लेखेरनै समाजलाई समाचार दिन्छ ।’
आगामी दिनमा यस्तो नहुने जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी ओम रानाले बताए ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.