पोखरा
ताण्डव न्यूज ।
लेकाली फिल्मसकाे प्रस्तुतिमा निर्माण भएको फिल्म ‘यू के सुईटर’ यहि फागुन ४ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
फिल्मका बारेमा जानकारी दिँदै निर्देशक गुन्जबहादुर गुरुङले फिल्ममा गुरुङ, मगर समुदायमा लाहुरबाट ल्याउने यू के सुईटरको बारेमा देखाउन खोजिएको बताए ।

‘कथा गुरुङ मगर समुदायमा आधारित रहेको छ,’ उनले भने, ‘गुरुङ मगर समुदायमा लाहुरे आउँदा यू के सुइटरको धेरै चर्चा हुने कुरालाई फिल्ममा देख्न सकिन्छ ।’
३८ दिनमा निर्माण भएको फिल्मको सुटिङ सुन्दर पर्यटकीय गाँउ दगानमा भएको हो । २० लाख लागतमा बनेको फिल्मको पोखरा, लमजुङ, तनहुँ, धम्पुस लगायत ठाउँहरुमा छायाँकन भएको गुन्जबहादुर गुरुङले जानकारी दिए ।
फिल्ममा रम गुरुङ, रिया गुरुङ, विपिना गुरुङ, डि.वि गुरुङ, चिजा गुरुङ, टिकाराम घले, सिता गुरुङ लगाय कलाकारहरुको अभिनय देख्न सकिन्छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.