www.tandavnews.com
Fact ~ In search of truth

भ्यालेन्टाइन डे मा पाेखरामा लभ ग्याजम हुने

पाेखरा, 

प्रणय दिवसलाई लक्षित पार्दै स्पेक्स फोर्टिन नामक इभेन्ट तथा एड्भर्टाइजिङ कम्पनीले न्युरोड भाट्भटेनीमा अवस्थित पोखरा स्काई स्पोर्टसमा यही फागुन २ गते लभग्याजम नामक साँगीतिक साँझ आयोजना गर्ने भएको छ ।

बिनायो इन्टरटेन्मेन्ट नामक इभेन्ट कम्पनीको समंयोजकतामा हुन गईरहेको यस कार्यक्रम दिउसो २ बजे देखी बेलुकी ११ बजे सम्म हुने भएको छ ।

प्रेमिल जोडी तथा संगीत पारखीहरुलाई लक्षित पार्दै आयोजना हुन गईरहेको यस कार्यक्रममा सुशान्त केसीको मुख्य प्रस्तुति हुने भएको छ ।ड्रिमर्ज ब्यान्ड तथा अन्य लोकल ब्यान्डहरुले विभिन्न गीतहरु गाएर दर्शकहरुलाई मनोरन्जन प्रदान गर्ने भएका छन् ।
नेपालकै सबैभन्दा हट डिजे भनी चिनिने डिजे अर्पणाले सबैलाई नचाएर साँगीतिक माहोललाई अझै बढी रोमान्चक बनाउने आयोजकको दाबी छ ।

सांगितिक कार्यक्रमको साथै लभग्याजमलाई अझै रोमान्चित बनाउन विभिन्न खेलहरु हुने भएको छ। जित्नेलाई ठुलै पुरस्कारको साथै अन्य धेरै सुबिधाहरुको पनि व्यवस्था रहेको यस कार्यक्रमका मुख्य आयोजक महेश्वर सिंह भण्डारीले जनाएका छन्।

यस कार्यक्रमको लागि लाउन्ज पार्ट्नर चिप्लेढुङामा अवस्थित क्लाउड ९ रेष्ट्रो एन्ड लाउन्ज बार रहेको छ भने कार्यक्रमको सम्पूर्ण मार्केटिङको जिम्मा काठमाडाै‌ अवस्थित ट्रान्सटेक मिडियाले लिएको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.