www.tandavnews.com
Fact ~ In search of truth

सप्तरंग म्युजिकल जर्नी आज

पोखरा ।

७ प्रदेशका सातै कलाकारको सहभागितामा बिहीबार पोखरामा सप्तरंग म्युजिकल जर्नी हुनेभएको छ ।

गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रमको तयारी पूरा भएको स्थानीय व्यवस्थापक बार्दली मिडिया प्रालिले जनाएको छ । संघीयता कार्यान्वयनसँगै सातै प्रदेशका नागरिकबीच सांगीतिक माहोलमार्फत सद्भाव र ऐक्यवद्धता कायम गर्न यस अघि ६ वटा प्रदेशमा भइसकेको छ ।

‘सप्तरंग म्युजिकल जर्नी’ को अन्तिम कार्यक्रम पोखरामा हुन लागेको हो । ‘ग्रिष्मा ब्रोडकास्टिङ’ ले ‘७ प्रदेश र ७ हामी’ नाराका साथ ७ कलाकारलाई सातै प्रदेशका मुख्य सहरमा कार्यक्रम गरेको हो । कार्यक्रममा गायक प्रमोद खरेल, हास्य कलाकार सन्दीप क्षेत्री, गायक रामकृष्ण ढकाल, लोकगायक पशुपति शर्मा, गायिका इन्दिरा जोशी, नायिका अन्जली अधिकारी र खेलाडी दीपक बिष्ट सहभागी छन् ।

माघ १८ मा दमकबाट सुरु भएको कार्यक्रम माघ २० मा जनकपुर, माघ २२ मा नारायणगढ, माघ २४ मा बुटबल, माघ २६ मा सुर्खेत, माघ २८ मा धनगढीमा सम्पन्न भइसकेको छ । उक्त कार्यक्रममा दर्शकलाई प्रवेश निशुल्क रहेको बार्दली मिडियाका प्रवन्धक मन क्षेत्रीले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.