www.tandavnews.com
Fact ~ In search of truth

मेगा शैक्षिक मेलामा सहभागी हुनेलाई छात्रवृत्तिको अवसर

पोखरा ,
ताण्डव न्यूज ।

वान अप प्रा.लिको आयोजनामा मेगा शैक्षिक मेला हुने भएको छ । यहि फाल्गुन १० र ११ गते हुने मेला पोखरा न्यूरोड स्थित सिटी स्क्वायर परिसरमा सञ्चालन हुनेछ ।

नेपाली विद्यार्थीलाई अष्ट्रेलिया, अमेरिका, क्यानडा, न्यूजील्याण्ड, जापान, युरोप लगायतका अन्य देशको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृतिको विषयमा पर्याप्त सूचना प्रवाह गर्ने उदेश्यले यस शैक्षिक मेलाको आयोजना गरिएको हो ।
मेलामा विभिन्न कलेज तथा युनिभर्सिटिका प्रतिनिधिहरुबाट छात्रवृत्ति सम्बन्धी जानकारी, आईएलटिएसमा उच्च अंक प्राप्त गर्ने तरिका तथा करियर काउन्सिलिङलाई प्रमुखताका साथ जानकारी गराइनेछ ।

आईडिपि एजुकेशन नेपाल प्रस्तुतकर्ता रहेको यस फेयरमा विद्यार्थीले अष्ट्रेलिया, अमेरिका, क्यानडा, न्यूजील्याण्ड, जापान, युरोपलगायतका अन्य देशका उत्कृष्ठ कलेज तथा त्यहाँको शैक्षिक, आर्थिक प्रणालीका बारेमा विस्तृत रुपमा जानकारी पाउनका साथै आइडिपि एजुकेशन नेपालले आयोजना गर्ने IDP IELTS MASTERCLASS मा सहभागी हुन सक्नेछन् ।

फेयरमा आउने विद्यार्थीलाई विभिन्न छात्रबृत्तिको अवसर र दक्ष तथा मान्यता प्राप्त शैक्षिक परामर्शदाताहरुबाट परामर्शको सुविधा दिएने छ । फेयरमा विद्यार्थी तथा अभिभावकले निःशुल्क प्रवेश गर्न पाउने छन् भने प्रथम ५०० आगन्तुकले आकर्षक उपहार र QFX सीनेमाकोे टीकेट प्राप्त गर्नेछन ।

मेलामा उत्कृष्ट कलेज र युनिर्भसिटि तथा कन्सल्टेन्सिहरु गरि १५ वटा भन्दा बढी संस्थाहरु सहभागी हुनेछन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.