www.tandavnews.com
Fact ~ In search of truth

कास्की प्रहरीको गल्ती, प्रदेश प्रहरीको छानविन

पोखरा
ताण्डव न्यूज ।

जिल्ला प्रहरी कार्यालय कास्कीले गरेको गल्तीमाथी ४ नं प्रदेश प्रहरी कार्यालयले छानविन प्रक्रिया अघि बढाएको छ ।

लेकसाइडमा सचिन सिंजालीको हत्या आरोपीलाई हतारमा पत्रकार सम्मेलन गरिएको भन्ने विषयमा ताण्डव न्यूजले समाचार प्रकाशन गरेपछि प्रदेश प्रहरीले सोही आधारमा कास्की प्रहरीलाई स्पष्टिकरण मागेको हो । कास्की प्रहरीले माघ २९ गते अभियुक्त सार्वजनिक गरेको थियो ।

Batas

ताण्डव न्यूजले फागुन १ गते ‘गल्ती गर्दै कास्की प्रहरी’ भन्ने शिर्षकमा समाचार प्रकाशन गरेपछि सोही दिन प्रदेश प्रहरीले छानविन अघि बढाएको प्रहरी स्रोतले बतायो ।

‘हतारहतारमा कास्की प्रहरीले पत्रकार सम्मेलन गरेपछि अभियुक्तको थर नै विगारे,’ उनले भने, ‘हत्या अभियुक्त बेनि काले भनिने कुमार गर्बुजाको वास्तविक थर गर्बुजा नभई दर्जी (परियार) रहेछ ।’ कास्की प्रहरीले त्यो दिन म्याद थप नगरी प्रचारको लागि हतारिएर पत्रकार सम्मेलन गरेको उनले जानकारी दिए ।

‘त्यति मात्र होइन कास्की प्रहरीले केही संचार माध्यमलाई अभियुक्तसँग मजाले अन्तरवार्ता लिन दिएका थिए,’ उनले भने, ‘जुन कुरा प्रदेश प्रहरी कार्यालयलाई पनि चित्त बुझेको थिएन् । हुन पनि प्रहरीले अनुसन्धान पूरा नभई हत्या जस्तो गम्भिर घटनामा संलग्न रहेको अभियुक्तलाई त्यसरी अन्तरवार्ता दिन लगाएको यो घटना सम्भवतः कास्कीमा पहिलो पटक होला । यो घटनामा मात्रै नभएर अन्य घटनामा पनि कास्की प्रहरीले केही संचारमाध्यमलाई अभियुक्तसँग अन्तवार्ता दिन लगाउने र प्रमाणका रुपमा प्राप्त भएका फुटेजहरु पनि उपलब्ध गराउने गरेको धेरै उदाहरण छन् । ’

सम्बन्धीत सामाग्री

गल्ती गर्दै कास्की प्रहरी

कास्की प्रहरीमा भद्रगोल पत्रकार सम्मेलन, गैर पत्रकार हाबी

युवतीको विषयलाई लिएर नशामा हत्या

लेकसाइडमा एक किशोरको घाँटी रेटेर हत्या

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.