www.tandavnews.com
Fact ~ In search of truth

अब एक गाग्रो पानीकै लागि बिहान फाल्नु पर्दैन

संजय रेग्मी ,
पर्वत /ताण्डव न्यूज ।

खानेपानीको समस्यमा परेको पर्वतको कुश्मा नगरपालिका १३ खौलाको ५ सय २५ घर परिवारले पानीको चरम समस्याबाट मुक्ति पाउने भएका छन ।

गाउँमा पानीका मुहानको अभावसंगै खानेपानी आयोजना समेत नभएका कारण स्थानीय हिले, चनौटे, चालिसेडाँडा, बाह्रमुनि, कोटशेरा, चपाईँथर लगाययतका गाउँका गाउँलेहरुले अब भने पानीको खोजीमा घण्टौँसम्म लाईनमा बस्नु नपर्ने भएको छ ।

जिल्ला खानेपानी डिभिजन कार्यालयले १ करोड रुपैयाँ बिनियोजन गरेपछि गाउँमा खानेपानी आयोजनाको काम खगाडि बढेको हो । अहिले १ करोडको लागतमा गाउँमा एक घर एक धारा आयोजना अन्तर्गत काम भैरहेको छ भने भूकम्पपछिको पुननिर्माण अन्तर्गत ५० लाख रुपैयाँ बिनियोजन भएको छ । आयोजना अन्तर्गत अहिलेसम्म १ सय ११ नीजि र १३ ओटा सार्वजनिक धाराहरु बनेका छन् ।

साविकको ३ नं. वडा बाम्राका ४५ घरका लागि १०, वडा नं. २ हिलेमा ३, वडा नं. १ र २ चनौटेमा ४६ घरलाई ४६, वडा नं. ५ चालिसेडाँडाका ४४ घरलाई ४४, चपाईँ थरमा १२ र बाह्रमुनिमा ८ ओटा धारा निर्माणकै क्रममा रहेका छन । यिनीहरुको निर्माण सकिएपछि अरु गाउँका लागि ५८ ओटा धारा निर्माण गरिने स्थानीय दिवाकर पौडेलले जानकारी दिए ।

पानीको बढी समस्या भएका साबिकको वडा नं. ४, ६ र ७ खौलाबजार र कोटशेरामा भने पानीको मुहान नै नभएका कारण लिप्mट प्रणालीबाट योजना बनाउनुपर्ने आवश्यकता रहेको उनले जानकारी दिए । दुई गाउँ उच्च स्थानमा रहेका तथा भूकम्पका कारण पानीका मुहानहरु नै सुकेका कारण २ ओटा गाउँमा भने पानीको समस्या कायमै छ ।

यो खानेपानी आयोजनापूर्व खौला क्षेत्रका स्थानीयलाई खानेपानीको चरम अभाव रहँदै आएको थियो । यसअगाडि एउटा टोलका लागि एउटा मात्र धारो रहने गरेका कारण बिहानभरी पानीको पर्खाईमा बस्नुपर्ने बाध्यता थियो । स्थानीय सन्तोष थापाका अनुसार गाउँमा पानीको अभाव भएका कारण एक गाग्री पानी लिनकै लागि बिहानभरी पालो पर्खनुपर्ने बाध्यता थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.