www.tandavnews.com
Fact ~ In search of truth

जन्ती बोको बसले ठक्कर दिँदा बालकको मृत्यु

कावासोती ।
नवलपरासी पूर्व कावासोतीमा जन्ती बोकेको बसले ठक्कर दिँदा आज दिउँसो एक बालकको मृत्यु भएको छ ।

कावासोती–२ मालपोत चोकमा ना ५ ख ८०४३ नंको जन्ती बसले ठक्कर दिँदा कावासोतीका चार वर्षीय बालक सिजन गोतामेको मृत्यु भएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएका बालक गोतामेको उपचारका क्रममा भरतपुर अस्पलातमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

बस पाल्पा रामपुरबाट विवाहसकी कावासोती जादैँ गरेको प्रहरीले जनाएको छ । रासस

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.