www.tandavnews.com
Fact ~ In search of truth

साङ्गयोङ्ग मोटर्सको शोरुम अब पोखरामा

पोखरा,
ताण्डव न्यूज ।

साङ्गयोङ्ग मोटर्सको आधिकारिक शोरुम पोखरामा भित्रिएको छ । आइ.एम्.एस ग्रुपको आधिकारिक बिक्रेता साङ्गयोङ्ग मोटर्सले आइतबारदेखि आफ्नो शोरुम सञ्चालनमा ल्याएको हो ।

साङ्गयोङ्ग मोटर्सको शोरुमको उद्घाटन अर्थ तथा योजना मन्त्री किरण गुरुङको आतिथ्यतामा भएको हो । साङ्गयोङ्ग मोटर्सको मुल्य ६५ लाख ९९ हजारदेखि सुरु भएको छ भने, १ करोड सम्म यसको मुल्य रहेको छ ।पोखराका ग्राहकहरुलाई मध्यनजर गर्दै शोरुम उद्घाटनको अवसरमा साङयोङ मोटर्सले ‘साङयोङ सुपर सेभिङ र जेएरो मेन्टनेन्स मुल्य’ छुटको व्यवस्था गर्ने अध्यक्ष दिपक मलहोत्राले जानकारी दिए ।
साङ्गयोङ्ग मोटर्सको सर्भिस सेन्टर क्लब मोटर्स प्रा.लि पोखराको नयाँबजारमा अवस्थित रहेको छ ।

गाडीको खरिदमा २ बर्षको मेन्टनेस खर्च निशुल्क गरिनेछ, स्पेश मुल्य र एक्सचेन्ज गर्दा उत्कृष्ट भ्यालुसेनको व्यवस्था, झन्झट मुक्त तरिकाले बैङ्क फाइनान्सको व्यवस्था, फ्रि रोड ट्याक्स, ५ बर्ष सम्म फ्रि सर्भिसिङ, प्रत्येक टेस्ट ड्राइभमा उपहारको व्यवस्था साथै पार्टहरु सहुलियत दरमा प्राप्त गर्न सकिने निर्देशक विमल सावर्थियाले जानकारी दिए ।

साङ्गयोङ्ग मोटर्स कोरियन लक्जरी एस.यू.भि ब्राण्डको दक्षिण एसियाकै चौथो ठूलो अटोमोबाइल निर्माण कम्पनी मध्यको एक हो । त्यसले उत्पादनमा एड्भान्स टेक्नोलोजी र स्टाइलका साथै इन्जिनको गुणस्तरमा विशेष ध्यान दिदैँ विभिन्न किसिमका मोडेल, लाइनअपसहरु लक्जरी कारमा, एसयुभिएस्, पिक्प ट्रक र एमपिभिएसमा विशेष ध्यान दिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.