www.tandavnews.com
Fact ~ In search of truth

तराना साँगितिक साँझ चैत ९ गते

पोखरा,
ताण्डव न्यूज ।

तराना म्युजिक सेन्टर कास्कीले बिगतको बर्ष जस्तै यस बर्ष पनि तराना साँगितिक साँझ –२०७५ आयोजना गर्ने भएको छ ।

लामो समयदेखि सांगीतिक क्षेत्रको विकास तथा नयाँ कलाकारहरुको उत्थानको निमित्त योगदान गर्दै आएको यस सेन्टरले चैत ९ गते शनिबार कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा तराना म्युजिक सेन्टरका डेढ दर्जन भन्दा बढी नवगायक गायिकाहरुले दर्शकहरुलाई नेपाली गीत संगीतबाट भरपुर मनोरञ्जन गराउने कार्यक्रम संयोजक श्रीमान थुलुङले बताए ।

Batas

‘कार्यक्रम दिनको १ बजेबाट सुरु गरिनेछ,’ उनले भने, ‘कार्यक्रममा आकर्षक नृत्य शास्त्रीय संगीत र लोक दोहोरीहरुको बिजोड प्रस्तुती रहनेछ ।’२ लाख खर्च लाग्ने यस कार्यक्रकको प्रवेश शुल्क २ सय रहेको आयोजक टिमले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.