www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीमा चौँथो पटक हिमपात , जनजीवन कष्टकर

गलेश्वर ।

म्याग्दीको माथिल्लो क्षेत्रमा बुधबार बिहानैदेखि वर्षासँगै हिमपात भएको छ । वर्षा र हिमपातका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।

जिल्लाको माथिल्लो क्षेत्रमा यस वर्ष चाँैथो पटक हिमपात भएपछि हिउँदेबाली र जनजीवनमा प्रतिकूल असर परेको छ । बालीमा बढी चिसोका कारण क्षति पुगेको छ भने मानिस र पशु चौपाया जाडोका कारण कठ्याङ्ग्रिएर बस्न बाध्य भएका छन् ।

मङ्गलबार दिउँसो मौसम सफा भए पनि बेलुकीदेखि ग्रामीण क्षेत्रमा हावाहुरीसँगै वर्षा र हिमपात शुरु भएको हो । बेनी नगरपालिकाको ग्रामीण बस्तीमा सामान्य हिमपात भए पनि मालिका, मङ्गला, धौलागिरि, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा यो सिजनमा चौँथो पटक हिमपात भएको छ ।

मालिका गाउँपालिका–५ देवीस्थान हिमपातले सेताम्ये भएको छ भने ओखरबोटलगायतका ठाउँमा पनि अहिले हिउँ परिरहेको स्थानीय टेकबहादुर बुढाले जानकारी दिए । १२ वर्षको अन्तरालमा जिल्लाको तल्लो क्षेत्रमा पटक पटक हिमपात भएको स्थानीयले बताएका छन् । हिमपातका कारण चिसो बढेपछि स्थानीय बाहिर निस्कन नसकेका ताकमका बुद्धिप्रसाद सुवेदीले बताए ।

उता म्याग्दीको दुर्गम गुर्जामा पुरानै हिउँ पग्लिनसकेको अवस्थामा पुनः हिमपात भएपछि समस्या उत्पन्न भएको छ । रासस

फाइल तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.