www.tandavnews.com
Fact ~ In search of truth

हेलिकप्टर दुर्घटनाबारे छलफल गर्न बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी

काठमाडौं ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान जाने गरि भएको हेलिकप्टर दुर्घटनाको विषयमा छलफल गर्न मन्त्रिपरिषदको आकस्मिक बैठक बसिरहेको छ।
मन्त्रिपरिषदको आकस्मिक बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको छ।

दुर्घटनाको पाएलगत्तै मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइएको थियो। सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि बालुवाटारमा छन। मन्त्री अधिकारी सवार एयर डाइनेस्टीको हेलिकोप्टर बुधबार दिउँसो ताप्लेजुङमा दुर्घटनामा परेको थियो।

Batas
फाइल तस्बिर

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.