www.tandavnews.com
Fact ~ In search of truth

रबिन्द्रको अन्तिम संस्कार पोखरामै – यस्तो त तालीका

पोखरा

ताण्डव न्यूज । 

ताप्लेजुङको पहाडमा हेलीकोप्टर ठोक्कीएर अन्य सात जनासँगै ज्यान गुमाएका पोखरेली नेता तथा पर्यटन मन्त्री रबिन्द्र अधिकारीको अन्तिम दाहसंस्कार पोखरामै गरिने भएको छ । बिहीबार काठमाडौँमा नेपाल सरकारको विभिन्न कार्यक्रम सकेपछि उनको शव पोखरा ल्याइने नेकपा गण्डकीले जनाएको छ ।

Batas

पोखरा ल्याइए लगत्तै अधिकारीको शव पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम सम्मानको लागि राखिनेछ । त्यसपछि नयाँबजार हुँदै महेन्द्रपुलको बाटोबाट रानी पौवा हस्पिटला चोक हुँदै राम घाटमा पु¥याएर राजकिय सम्मानसाथ अन्त्यष्टी गरिनेछ ।

त्यस्तै फागुन १९ गते सबै जिल्लामा नेकपाको आयोजनामा शोका सभा गर्ने भएका छन् । तीन दिनसम्म सबै पार्टी कार्यलयको झन्डा आधा झुकाइने पनि नेकपा गण्डकीले जनाएको छ । अधिकारीको सम्मान र अन्त्यष्टिको लागि नेकपा कास्की र गण्डकी प्रदेश सरकारको समन्व्यमा गरिने भएको छ ।

बिहीबार टिचिङ काठमाडौँमा पोस्टमार्टम पछि नेकपाको केन्द्रीय कार्यालयमा रबिन्द्रको शवमाथि पार्टीको झण्डा ओढाउने कार्यक्रम छ । त्यसपछि काठमाडौँको खुला मञ्चमा सम्मानका लागि लगिनेछ ।
सरकारले अधिकारीलाई राजकीय सम्मानका साथ अन्त्यष्टी गर्ने निर्णय गरिसकेको छ । गृहको जानकारी अनुसार कार्यकर्तासँगै शुभचिन्तका लागि काठमाडौँ राखेर अधिकारीको शव पोखरामा ल्याइनेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.