www.tandavnews.com
Fact ~ In search of truth

झंकनाथ ढकालको सपना पूरा गर्दै पर्वतका प्रहरी र नागरिक

संजय रेग्मी,
पर्वत/ताण्व न्यूज ।

चार बर्ष अगाडि हप्ताको एक दिन पर्वत सदरमुकाम कुश्मा बजारका बासिन्दाहरु बिहान उज्यालो हुँदा साथ डस्टबीन र कुचो बोकेर सडकमा जम्मा हुन्थे । त्यही भिडमा सरकारी कर्मचारीको पनि बाक्लो उपस्थिति हुन्थ्यो । एकै छिनमा हातमा झाडु लिएका सुरक्षाकर्मी आउँथे । त्यही बिचमा ट्रयाक लगाएका, मोटो ज्यान भएका ब्यक्ति हातमा पञ्जा लगाउँदै नालीमा हात हाल्थे, नालीभित्र अड्किएका, कुहिएका, दुर्गन्धित बस्तु बाहिर निकाल्दै नगरपालिकाको फोहोरको गाडिमा हाल्थे। उनी थिए पर्वतका तत्कालिन प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल ।

आँपूm बस्ने ठाउँलाई आँपैmले सफा राख्नुपर्छ भन्ने सन्देश दिन ढकाल आँपैm सहभागी भएर बजारमा झाडु लगाउँथे । सि.डि.ओ. ले नै नालीमा हात हाल्दै झाडु लगाएपछि अरुले पनि त्यो काम नगर्ने त कुरै भएन । तर जब तत्कालिन प्रमुख जिल्ला अधिकारी ढकालको पर्वतबाट शुरु भयो यो अभियान पनि उनीसंगै सरुवा भयो। ढकालको सरुवासंगै सफा कुश्मा अभियानले निरन्तरता पाउन सकेन् ।

चार बर्षदेखि अस्ताएको सफा कुश्माको यो अभियानलाई अहिले फेरि जिल्ला प्रहरी कार्यालयले ब्यूँताएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले पर्वत जिल्लामा पर्ने पोखरा बागलुङ सडक खण्डलाई फोहोर निषेधित बनाउने अभियानमा लागेपछि फेरि पनि सफा कुश्माको अभियान चलेको छ ।

सडकलाई सफा राखेर पर्वत जिल्लाको सन्देश अरु जिल्लामा पु¥याउन तथा पर्वतमा आउने पर्यटकहरुलाई पनि राम्रो सन्देश दिन पर्वत प्रहरीले कास्की र पर्वतको सिमानामा पर्ने धौलागिरी गेटदेखि बागलुङ र पर्वतका सिमानामा पर्ने मालढुंगा तथा म्याग्दी र पर्वतको सिमानामा पर्ने वारी बेनीसम्म बिभिन्न खालका सरसरफाईका कार्यक्रमहरु संचालन भैरहेका छन् ।

लोकमार्ग सफाइ अभियान सुरु गरेको केही सातामै कुश्मावासीले समेत बजार सफाइलाई अभियानका रूपमा निरन्तरता दिन थालेका छन् । कुश्माका विभिन्न लायन्स क्लबहरू, समाजसुधार सेवा मञ्च, सामुदायिक सेवा केन्द्र र जेसिज लगायतका संस्थाहरूले सफाइ अभियानको नेतृत्व लिएका छन् ।

अभियानमा सहभागी हुनेहरुले सडक बढार्ने, झारपात तह लगाउने, नाली सफा गर्ने लगायतका कामहरु गर्ने गरेका छन् । यो अभियानलाई सघाउन सामाजिक संघसंस्थाका प्रतिनिधि, कर्मचारीहरु सँगै नगरको बजार क्षेत्रका बासिन्दाहरु पनि लागिपरेका छन् । कुश्मा आउने पर्यटकलाई सकारात्मक सन्देश दिन नियमित सफाइ अभियान सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले बताए ।

बजार क्षेत्रलाई सफाइमा नमुना बनाउने उद्देश्यले सुरु भएको अभियानमा नगरपालिकासँग पनि समन्वय हुने भएको छ । संघसंस्थाहरूले नगरपालिकालाई बजार क्षेत्रका घरघरै फोहोर राख्ने टोकरी वितरण गर्न आग्रह गरेका छन् । कुहिने र नकुहिने फोहोर व्यवस्थापनका लागि दुई ओटा फरक फरक गाडीको प्रयोग गर्दै आएको नगरपालिकाले अब घरघरै डस्टबिन वितरण गर्ने तयारी पनि थालेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.