www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीका दुर्गम गाउँका घरघरमा धारा

म्याग्दी ।

म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमापर्ने मालिका गाउँपालिका– ४ सिस्नेरी र खवाङका घरघरमा खानेपानी सुविधा पुगेको छ ।

पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत बन्दरमूल खानेपानी तथा सरसफाइ आयोजना निर्माण गरेर स्थानीयवासीलाई निजी धारामार्फत खानेपानी सुविधा उपलब्ध गराइएको हो ।
६५ लाख रुपैयाँको लागतमा निर्माण भएको आयोजनाबाट सिस्नेरी र खवाङका ५३ घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष बालकुमार सुनारले जानकारी दिए । विसं २०७४ माघदेखि शुरु भएको आयोजना निर्माणकार्य शुक्रबार सकिएको छ ।

कुवा, पधेँरा र खोल्साको दूषित पानी उपभोग गर्दै आएका स्थानीयवासी घरघरमै नियमित खानेपानी उपलब्ध भएपछि खुशी भएका छन् । स्थानीय एउटा सामुदायिक विद्यालयमा पनि बालमैत्री सार्वजनिक धारा निर्माण गरिएको छ ।

Lama collectio News Middle

दन्दुर, तल्लो दुन्दुर र महखोलाको मुहानको पानीबाट आयोजना सञ्चालन गरिएको छ । गाउँपालिका, नेपाल र फिनल्याण्ड सरकारले ४५ लाख अनुदान उपलब्ध गराएको आयोजना निर्माणका लागि उपभोक्ताले २० लाख बराबरको श्रमदान गरेको अध्यक्ष सुनारले बताए ।

सो खानेपानी आयोजना निर्माणका लागि एक घरले ११० दिनका दरले श्रमदान गरेका छन् । भौगोलिक रुपमा विकट, यातायातको असुविधा र ढुवानीको समस्याको बाबजुत पनि निर्धारित समयमै खानेपानी आयोजना निर्माण गरिएको अध्यक्ष सुनारले बताए । रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery