www.tandavnews.com
Fact ~ In search of truth

कुटाकुट हुदाँ लामाचौरका २२ वर्षीया मनोज गर्बुजाको मृत्यु

पोखरा ,
ताण्डव न्यूज ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा झै –झगडा हुदाँ एकको मृत्यु भएको छ ।

माछापुच्छ्रे गाउँपालिका (२ च्याङ्लुङ्म गाँउमा भएको झगडामा हानाहान हुदाँ लामाचौरका २२ वर्षीया मनोज गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । हानाहान हुदाँ तिन जना घाईते भएका थिए ।घाइते तिनै जनाको उपचारका लागी अस्पताल पुर्याइएकोमा गर्बुजाको उपचारकै क्रममा ज्यान गएको हो । घाईते हुनेमा लामाचौरका २६ वर्षीया लाल बहादुर गुरुङ र १८ वर्षीया शिव बानिया रहेका छन् ।

झै–झगडामा संलग्न रहेको आशंकामा १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.