www.tandavnews.com
Fact ~ In search of truth

अपडेट : फेवातालमा प्याराग्लाइडिङ खस्यो, घाइते रोमानियाका नागरिकको मृत्यु

पोखरा ,
ताण्डव न्यूज ।

पोखराको सराङकोटडाँडाबाट उडेको प्याराग्लाइडिङ फेवातालमा खस्दा घाईते भएका विदेशी नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।गम्भीर घाईते भएका रोमानियाका ४२ वर्षीया  एडे–सिस जेडिआरको मृत्यु भएको कास्की प्रहरी प्रमुख ओम रानाले बताए ।

घाईते इडिइकेडिलाई तालबाट उद्धार गरेर तुरुन्तै उपचारको लागी पोखराको मेट्रोसिटी हस्पिटलमा ल्याइए पनि उनलाई अस्पताले मृत घोषणा गरेको हो

Lama collectio News Middle

उनी   ब्लुस्काई प्याराग्लाइडिङ कम्पनीबाट अनुमति लिएर उँडेको बताइएको छ । ल्याण्ड गर्न नसकेपछि प्याराग्लाइडिङ फेवातालको मध्यभागमा विहान सवा ११ बजे खसेको हो । प्याराग्लाइडिङ खसेको सूचना पाएलगत्तै प्रहरीको टोली मोटरबोट लिएर घटना स्थल पुगेकोको थियो ।

फाइल तस्बिर

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop