www.tandavnews.com
Fact ~ In search of truth

पाेखरामा लगातार प्याराग्लाइडिङ दुर्घटना, विदेशी पाइलटहरू घाइते !

बिजय लम्साल
पाेखरा,ताण्डव न्यूज । 

आज सोमबार पनि पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा परेको छ । दुर्घटनामा परेर दुई विदेशी प्याराग्लाइडर घाइते भएका छन् ।

कास्कीको दुई फरक फरक ठाउँमा दुर्घटनामा परेका प्याराग्लाइडर मध्ये माछापुच्छे« गाउँपालिकाको ठाँटीमा विद्युतको पोलमा ठोक्कीएर घाइते भएका पोल्याण्डका जानुज कारोल गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारको लागि पोखराको मणिपाल अस्पताल ल्याइएको छ ।

Batas

अर्का विदेशी प्याराग्लाइडर भने कास्कीकै मादी गाउँपालिकाको छाचोकमा दुर्घटना परेका हुन् । ६३ वर्षिय इलगिज यागुदिनरुखमा अड्कीएका थिए । उनलाई स्थानीयले उद्धार गरिसकेका छन् । उनी निकै अप्ठ्यारो भीरको रुखमा अड्केको स्थानीयले बताए । दुर्घटना परेको पाइलटहरु कुन स्थानबाट उँडान भरे त्यता पुगेको भन्नेबारे कुनै जानकारी नआएको र कुन कम्पनीबाट उँडेको जानकारी नभएको कास्की प्रहरीका डिएसपी रबीन्द्रमान श्रेष्ठले बताए ।

माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा दुर्घटनामा परेका मध्ये एकजनाको अवस्था गम्भिर छ भने अर्का एकजना सामान्य घाइते भएको बताइएको छ । घाइते दुबैको नाम खुलेको छैन । गम्भिर घाइते भएको एक विदेशी विद्युतको तारमा जेलिँदै भूइँमा खसेका थिए । ‘विजुलीको तारमा छोएर भूइँमा खसेका रहेछन् ,’ लालबहादुर गुरुङले भने, ‘विद्युतको तारमा छोएर झरेरको भएर होला एउटा हात नै जलेको छ । उनलाई गाउँलेले प्रहरीकोमा बुझाएका छन् ।’ पोखराको आकाशमा अहिले अनुमति लिएको भन्दा भिन्न ठाउँमा विभिन्न मुलुकका प्याराग्लाइडरहरुले जथाभावि उँडान भर्दा दुर्घटना भइरहेको छ ।

आइतबार मात्रै पोखरामा प्याराग्लाइडिङ दुर्घटनाहुँदा एक रोमानियाको नागरिकको मृत्यु भएको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.