पोखरा
ताण्डव न्यूज ।
शिवम् सिमेन्टको ‘लक्ष्मी हातमा, देव दर्शन शिवम्को साथमा’ उपभोक्ता योजना अन्तर्गत चौथो चरणको ६० भाग्यशाली कुपन विजेता मार्फत १२० जना विजेताहरु गोसाइकुण्ड जाने भएका छन् । बिहीबार पोखरामा आयोजित लक्की ड्र मार्फत विजेताहरु घोषणा गरिएको हो ।

विजेताहरुले काठमाडौँ गोसाइकुण्ड काठमाडौ हेलिकप्टर मार्फत देवदर्शन गर्नेछन् ।
यसअघि काठमाडौँ, हेटौडा र जनकपुरमा भएको लक्की ड्र मार्फत ३६० विजेताहरु छनौट भैसकेका छन् । जसमध्ये अधिकांशले हेलिकप्टर मार्फत गोसाइकुण्ड देवदर्शन गरिसकेका छन् ।
यस योजना अन्तर्गत हालसम्म २४० कुपन मार्फत ४८० जना छनौट भइसकेको कम्पनीले जनाएको छ । योजनामा १२० कुपन अन्तर्गत २०४जनाकालागि गोसाइकुण्ड यात्रा जित्ने मौका रहेको समेत कम्पनीले बताएको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.