www.tandavnews.com
Fact ~ In search of truth

महिलाको अधिकार सुनिश्चित गरौँ : मुख्यमन्त्री गुरुङ

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संवैधानिक र कानुनी रुपमा प्राप्त महिला अधिकार पूर्ण रुपमा कार्यान्वयन गरेर अघि बढ्न आह्वान गरेका छन् ।

१०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री गुरुङले भनेका छन्, ‘महिलाहरुको अधिकार सुनिश्चित गर्ने दिशामा एकीकृत पहल गर्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभेच्छा व्यक्त गर्दै लैङ्गिक समानता, महिला सशक्तिकरण, महिला अधिकारको सुनिश्चितता तथा सुख, शान्ति एवं समृद्धिको कामना गर्दछु ।’

महिलाको हक अधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा साँस्कृतिक विकासका लागि आवाज उठाउने दिनको स्मरण गर्दै प्रत्येक वर्ष ८ मार्चलाई विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ । यस बर्ष यो अन्तर्राष्ट्रिय महिला दिवस लैँगिक समानताका लागि समान सोँच र व्यवहार : समृद्धिको आधार तय गरिएको छ ।

मुख्यमन्त्री गुरुङले शुभकामना सन्देशमा वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक एवं सवै प्रकारका शोषण, उत्पीडन र विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने आफुहरुको संकल्प रहेको स्मरण गरेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.