www.tandavnews.com
Fact ~ In search of truth

विश्वास गरि हेर ‘नेपाल बन्छ’

– रञ्जन गायक

फेरिएन व्यवहार हाम्रो फेरिएन बोली
आईदिए त जाती हुन्थ्यो समानता भोली
मर्ने बाच्ने एउटै संसार सत्य छ यो कुरा
हामीलाई पछि छोड्दै तिमी कहिले हौला पूरा
हाम्रो पनि सपना छ केही गर्न मन छ
विश्वास गरि हेर नेपाल बन्छ ।।

घाम पनि अस्ताइदिन्छ जुनको ज्योति देखाउन
गार्हो हुन्छ दाजुभाईलाई हाम्रो नाम लेखाउन
चित्त बुझाईदिएजस्तो गर्छन घरिघरि
बत्ति आफै बन्यौ पुतली बनायौ
घुमायौ वरिपरी ।।

Batas

बोल दिदीबहिनी सुनिदेउन सरकार
खै कहाँ छ हाम्रो स्वतन्त्रताको अधिकार ।।

मर्ने बाच्ने एउटै संसार सत्य छ यो कुरा
हामीलाई पछि छोड्दै तिमी कहिले हौला पूरा
हाम्रो पन सपना छ केही गर्न मन छ
विश्वास गरि हेर नेपाल बन्छ ।।

फेरिदेऊ व्यवहार नफेरिदेउ बोली
ल्याइदिएत जाति हुन्थ्यो समानता भोली
ल्याइदिएत असाध्यै जाति हुन्थ्यो समानता भोली ।।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.