www.tandavnews.com
Fact ~ In search of truth

राजपाले गर्यो सरकारको समर्थन फिर्ता !

पोखरा ः राजपाले सरकारको समर्थन फिर्ता गरेको छ । राजपाका अध्यक्ष मण्डलका अध्यक्ष महेन्द्र यादवले आइतबारको संसद बैठकलाई सम्बोधन गर्दै सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी गराए । त्यस्तै उनले दुइ तिहाइको बलमा सरकारले नै द्वन्द निम्त्याएको बताएको समेत बताए ।

यादवले सरकारले यसअघि आफुसँग गरेका सहमति कार्यान्वयन नगरेकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराए ।

‘सरकारले हामीसँग सम्वाद नै गर्न चाहेन । त्यसपछि हामी बाध्य भएर सरकारलाई दिएको समर्थन फिर्ता गर्न बाध्य भयौ’ यादवले भने, ‘संघीयताको मर्मअनुसार प्रदेशलाई सरकारले अधिकार दिएन । शान्तिसुरक्षा कायम भएन, जताततै स्थिति लथालिङ्ग भएको छ ।’

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.