www.tandavnews.com
Fact ~ In search of truth

इथियोपियन विमान दुर्घटनामा परि गोरखाकी एकता अधिकारीको मृत्यु

पोखरा ,
ताण्डव न्यूज ।

हिजो आइतबार भएको इथियोपियन विमान दुर्घटनामा गोरखाकी एकता अधिकारीको मृत्यु भएको छ । अधिकारी इथियोपियाको अदिस अबाबास्थित विश्व खाद्यय कार्यक्रम (डब्लूएफपी )मा कार्यरत थिइन् । आइतबार डब्लूएफपीकै कार्यक्रममा सहभागी हुन उनी उक्त विमानमार्फत नैरोबी जादै थिइन् ।

सो विमान दुर्घटना परि ३३ देशको नागरिक मृत्यु भएको एयरलाइन्सले जनाएको छ।सो विमान दुर्घटनामा ३२ जना केन्यालीको निधन भएको छ भने १८ जना क्यानाडाका नागरिक रहेका छन्। त्यसैगरी इथोपियन ९ चिनियाँ ८ र ४ जना भारतीय रहेका छन्। राजधानी अतिस अबाबाबाट बिमान उडेको केही समयपछि नै दुर्घटना परेको थियो।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.