www.tandavnews.com
Fact ~ In search of truth

दिपक मनाङे प्रदेशको विकास समितिको सदस्य

पोखरा
ताण्डव न्यूज । 

मनाङ ख बाट निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङ (दिपक मनाङे) लाई प्रदेश सभाले अर्थ तथा विकास समितिको सदस्य नियुक्त गरिएको छ । १३ सदयस्यीय समिति रहने अर्थ तथा विकास समितिमा खाली रहेको पदमा मनाङेलाई नियुक्ति गरेको सभामुख नेत्रनाथ अधिकारीले  जानकारी दिए ।

‘खाली रहेको पद पूर्ति गरेका हौँ,’ सभामुख अधिकारीले भने, ‘अब समितिले पूर्णता पाएको छ ।’ उक्त समितिले विकास निर्माणको कामको अनुगमन, सरकारलाई निर्देशन दिने काम गर्छ । विकास समितिको सभापति भने दिपक कोइराला रहेका छन् ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.