www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेश :कास्की,स्याङजा,गोरखा,बागलुङ र नवलपरासीमा भेटियो बम

पोखरा,
ताण्डव न्यूज ।
नेत्रविक्रम चन्द विप्लव समुहको माओवादीले गरेको नेपाल बन्दको प्रभाव देशैभर परिरहेको छ । बन्दको दिन देशका विभिन्न जिल्लामा शंकास्पद वस्तु भेटिनुको साथै सवारीसाधनमा तोडफोड तथा आगजनी भएको छ ।

यता गण्डकी प्रदेशका जिल्लाहरुमा शंकास्पद वस्तु भेटिएका छन् । बागलुङ नगरपालिका –२ शिवधारा टोल स्थित सडक छेउमा शंकास्पद वस्तु भेटिएको छ । लामो कर्कको रोल जस्तो देखिने वस्तुमा कालो टेपले बेरि दुई तीन वटा रेशमी तार बाहिर निकालेको सेतो कागजमा खतरा लेखिएको शंकास्पद वस्तु फेला परेको हो । उक्त शंकास्पद वस्तुको नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

यस्तै गोरखा नगरपालिका –६ भिआईपि टोलको चोकमा भेटिएको कुक्कर बम पनि डिस्पोज भएको छ । यता स्याङजाको फेदिखोला गाउँपालिका –२ भालुपहाड स्थित सिद्धार्थ राजमार्गमा रातो प्लास्टिक र रातो तारले बेरेको शंकास्पद वस्तु डिस्पोज भएको छ ।

Batas

पोखरामा पनि बिहानै शंकास्पद वस्तु भेटिएको थियो ।पोखरा महानगरपालिका –८ सभागृह चोकमा र महानगरपालिका –२९ भण्डारढिक स्थित रगंशाला गेटमा भेटिएको शंकास्पद वस्तु विहानै डिस्पोज गरिएको थियो ।

यस्तै नवलपरासीको बर्दघाट सुस्ता पुर्व गैंडाकोट नगरपालिका –९ पुर्व पश्चिम राजमार्ग स्थित जयश्रीपुलमा भेटिएको शंकास्पद वस्तु पनि डिस्पोजल टोलीले डिस्पोज गरेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । यदपी उक्त शंकास्पद वस्तु विस्फोटक नरहेको अनुसन्धानबाट खुलेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.