www.tandavnews.com
Fact ~ In search of truth

चिकित्सक आएपछि स्थानियमा खुशी

गलकोट ।
कुनै समय एक चिकित्सकको भरमा चलेको बागलुङस्थित धौलागिरि अञ्चल अस्पतालले अहिले विशेषज्ञसहितको सेवा उपलब्ध गराउँदा जनता खुशी भएका छन् । साविक धौलागिरि अञ्चलकै एकमात्र सुविधा सम्पन्न उक्त अस्पतालमा लामो समयपछि विशेषज्ञ चिकित्सक आएकाले जिल्लावासी खुशी भएका हुन् ।

हाल अस्पतालमा आधा दर्जन भन्दाबढी विशेषज्ञसहितका चिकित्सकले भएकाले बिरामीको सङ्ख्या पनि वृद्धि भएको छ । लामो समयदेखि ‘रेफर सेन्टर’का रुपमा चिनिएको उक्त अस्पतालमा सबैभन्दा बढी स्त्रीरोग विशेषज्ञका माग हुँदै आएको थियो । भौतिक पूर्वाधारको व्यवस्थापनका साथै विशेषज्ञ चिकित्सकका कारण उपचारमा सहज भएको डा सागरकुमार राजभण्डारीले बताए ।

“अस्पतालमा दरबन्दीअनुसारका विशेषज्ञ चिकित्सक ल्याउन सबैको पहलले सम्भव भएको छ”, व्यवस्थापन समितिका सदस्य शालिग्राम शर्माले भने, “दुई दिनमै हाजिर भएर काजमा फकर्ने परिपाटी अन्त्य गर्दैछौँ”, विसं २०६७ मा बागलुङ जिल्ला अस्पताललाई स्तरोन्नति गरी अञ्चल अस्पातल बनाइए पनि अञ्चल अस्पतालले प्रदान गर्ने सेवा तथा सुविधा गुणस्तरीय नभएको बिरामीले गुनासो गर्दै आएका थिए ।

सोह्र विशेषज्ञसहित २३ चिकित्सकको दरबन्दी भएको उक्त अस्पतालमा हाल सात विशेषज्ञ र १५ मेडिकल अधिकृतले सेवा प्रदान गरेको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले बताए । उक्त अस्पतालमा फोहर व्यवस्थापन, शुद्ध खानेपानी, पार्किङलगायत सुविधासमेत प्रदान गर्न थालिएको छ । अञ्चल अस्पतालमा विशेषगरी स्वास्थ्य बीमा प्रभावकारी भएसँगै बिरामीको चाप पनि बढेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery