www.tandavnews.com
Fact ~ In search of truth

यस्तो बनिसक्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ( फोटो फिचर )

पोखरा, ताण्डव न्यूज ।

तोकिएको समय भन्दा छ महिना अघि नै पोखरा क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थलको निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीले दाबी गरेको छ । २०१७ को नोभेम्बर देखि काम सुरु गरेको चिनिया कम्पनीले हालसम्म ३० प्रतिशत काम पुरा गरेको जनाएको छ ।

२५ दिनमा रनवे ‘कम्प्लीट’

Batas

मुख्य रनवेको काम अबको २५ दिन भित्र निर्माण सम्पन्न हुने प्रोजेक्ट म्यानेजर बिनेश मुनाकर्मीले जानकारी दिए । ‘अबको २५ दिन भित्र रनवे पूर्ण रुपमा तयार हुन्छ,’ उनले भेन, ‘अहिले सम्म एप्रोन पार्किङ, आठवटा कलबर्टको निर्माण नै सकियो । रनवे र ट्याक्सीको २ वटा लेयरको काम सकिएको छ । अब ३४ सेन्टीमिटिरको एक लेयरको ढलानबाँकी छ । यो पनि २५ दिन भित्रै सकिन्छ ।’ पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको धावन मार्ग २५०० मिटर लामो छ ।

२०२० मै निर्माण सम्पन्न

२०२० भित्रै काम सक्ने गरी काम भइरहेको मुनाकर्मीको भनाई छ । २०२१ को जुलाइ १० मा निर्माण सक्नेगरी कम्पनीले नेपाल सरकारसँग सम्झौता गरेको छ । चीनीया र नेपाली गरेर चार सय ५० जना भन्दा धेरै मजदुर बिमानस्थल निर्माणमा खटिएका छन् ।

त्यस्तै टर्मिनल भवनको पनि फाउण्डेशन तयार भइसकेको छ । बिमानस्थलमा निर्माण भइरहेको टर्मिनल भवन १४ हजार बर्ग मिटरको बन्नेछ । आठ हजार स्क्वायर मिटर अन्तराष्ट्रिय र छ हजार स्क्वायर मिटर आन्तरिक उडानका लागि प्रयोग हुने बताइएको छ । टर्मिनल भवनको गत भदौ छ गते स्वर्गिय पर्यटन मन्त्री रबिन्द्र अधिकारीले सिलान्यास गरेका थिए ।

२०२१ को जुलाइबाट अन्तराष्ट्रिय उडान पोखरा बिमानस्थलबाट पनि गर्ने योजनामा नागरिक उड्ययन प्राधिकरण रहेको छ । २२ अर्ब रुपैयाँको लागतमा बन्ने बिमानस्थल अन्तराष्ट्रिय उड्ययन संस्था आइकाओको मापदण्ड अनुरुपको हुनेछ ।

नेपाल सरकारले चिनियाँ सरकारसँग २२ अर्ब रुपैयाँ ऋणमा लिएर बनाउन सुरु गरेको हो । १८० सिट क्षमताको जहाज पोखरामा अहिले विश्वका धेरै देशहरूमा उडान भरिरहेका मझौला खालका विमानले पोखराबाट उडान भर्नेछन ।

२०१९ भित्र ६० प्रतिशत काम सकिन्छ

त्यस्तै मुनाकर्मीले विमानस्थल निर्माणमा ७० प्रतिशत सिभिलको काम हुने र बाँकी ३० प्रतिशत इक्यूपमेन्टको हुने भन्दै भने, ‘अहिले सम्म सिभिलको ३० प्रतिशत काम सकिएको छ । बाँकी ४० प्रतिशत पनि हामी दु्रत गतिमा गरिरहेका छौँ । यो सकिएको छ महिनामै बाँकी ३० प्रतिशत काम सम्पन्न हुन्छ ।’ त्यस्तै अहिले सिभिलको कामको प्रगति मासिक ३ प्रतिशतको दरले बृद्धि भएको भन्दै असार मसान्तसम्म जम्मा ३० प्रतिशतको प्रगतीलाई बढाएर ४० पु¥याउने लक्ष्य रहेको उनको भनाई छ ।

ब्लास्टिङको तयारी तिब्र

बिमानस्थलको क्षेत्रमा कडा प्रकृतिको माटो रहेकोले बम ब्लास्टिङ गर्ने तयारी थालिएको छ ।

‘यहाँको माटो असाध्यै कडा प्रकृतिको छ,’ मुनाकर्मीले भने, मुनाकर्मीले भने, ‘अहिले ब्रोकरले डोजरले हान्दा असाध्यै ढिलो भयो । त्यै भएर पनि ब्लास्टिङ गर्न लागिएको छ । नेपाल सरकारसँगको समन्वयमा गृह र रक्षा मन्त्रालय मार्फत नेपाली सेनाले भारतबाट ब्लास्टिङका सामाग्री ल्याउँदै छ ।’ ब्रोकर, डोजरले तीन महिनामा हुने काम ब्लास्ट गरेपछि एक महिनामै हुने बताइएको छ ।

ब्लास्टका लागि बम लगायतका सामाग्री ल्याउन नौ महिनाको प्रोसेस बल्ल सफल भएको मुनाकर्मीको भनाई छ । विद्युतीय पावर नचाहिने बम ब्लास्ट गर्न लागिएको छ । विद्युतीय बम ब्लास्ट गर्दा नजिकका जमिनहरुमा असर पर्ने वरिपरिको वातावरणमा पनि असर गर्ने भन्दै मुनार्कीले एक पछि अर्काे ब्लास्ट हुने हुँदा अन्यत्र असर नपर्ने ननइलेक्ट्रीकल बम ब्लास्ट गर्न लागिएको बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.