www.tandavnews.com
Fact ~ In search of truth

योग साधनामा बढ्दैँ म्याग्देलीको आकर्षण

गलेश्वर ।
‘स्वस्थ शरीर र सकारात्मक विचारका लागि योग’ भन्ने मान्यताका साथ २०७० सालदेखि म्याग्दीमा सञ्चालित नवीन आनन्द योग केन्द्रमा योग सिक्ने बढ्दै गएका छन् ।

बेनी बजारमा सञ्चालित सो केन्द्रमा विभिन्न किसिमका योगासन गरी स्वास्थ्य लाभ भएपछि योग गर्न आउने बढेको केन्द्रका अध्यक्ष एवं योग प्रशिक्षक नवीन जुग्जालीले बताए ।अहिलेसम्म केन्द्रबाट योग सिकेर स्वस्थ जीवन बिताउनेको सङख्या पाँच हजारभन्दा बढी रहेको उनले जानकारी दिए । अहिले म्याग्दीका विभिन्न १० स्थानमा केन्द्रले योग सञ्चालन गरिरहेको छ ।

सदरमुकाम बेनी बजारमा दैनिक १०७, पश्चिम म्याग्दीको दरबाङमा ५०, बेनी नगरपालिका–४ को सिंगा तातोपानीमा ४०, रघुगंगा गाउँपालिका–१ बेगमा ४०, रघुगङ्गाकै तिप्ल्याङमा ३०, अन्नपूर्ण गाउँपालिकाको घोडेपानीमा २५, गलेश्वरमा ४०, बेनी नगरपालिका–२ खबरामा २५ जनाले दैनिक रुपमा योगा सिकिरहेका छन् ।

मालिका गाउँपालिका–७ बिम र बेनी नगरपालिका–७ मंगलाघाटमा पनि अस्थायी रुपमा योग केन्द्र चलाइएको अध्यक्ष जुग्जालीले बताए। योगमार्फत शरीरमा स्फूर्ति र मनमा आनन्द प्राप्त हुने तथा मानसिक तनाव र थकान कम हुने भएको दैनिक योग गर्न आउने गरेको योग गर्न आउनेको भनाइ रहेको छ ।

योगा गर्दै आएकी बेनी नगरपालिकाकी उपप्रमुख सञ्जु बरुवालले योगमार्फत आफूले जीवनलाई बुझ्ने अवसर प्राप्त गरेको बताए । उनले तनमा तन्दुरुस्ती र मनमा आनन्द प्राप्त हुने गरेको बताउँदै स्वास्थ्य र समुदाय दुवैका लागि योग अपरिहार्य रहेको बताए ।

योग स्वास्थ्यका लागि मात्र नभएर आहारविहार, सोच र सकारात्मक दृष्टिकोणको लागि उपयोगी भएकोले आफू नियमित योगासन गर्न आउने गरेको व्यवसायी विजयकुमार श्रेष्ठले बताए । आधारभूत कक्षा तीन र विशेष ६ महीना र प्रशिक्षक कक्षा दुई वर्षको हुनेछ । रासस

सांकेतिक तस्बिर :गुगलबाट

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.