www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा रोकिएन प्याराग्लाइडिङ दुर्घटना, मंगलबार दुई विदेशी घाइते

पोखरा
ताण्डव न्यूज ।

पोखरामा फेरी पनि प्याराग्लाइडिङ दुर्घटनामा परेको छ । पोखरा महानगरपालिका १८ स्थित सरांकोट डाँडाबाट उँडेर फेवातालको किनार खपौँदीमा ल्याण्ड गर्ने क्रममा चिनीया पाइलट  एलेक्स वक्रियन र चिनिया मुलकै सिंगापुरका याङ गुङ जी घाइते भएका हुन् ।

खपौँदीमा ल्याण्ड गर्नेक्रममा विजुलीको तारमा अल्झेर उनीहरु दुर्घटनामा परेको प्रदेश प्रहरी प्रवक्ता गोविन्द पुरीले जानकारी दिए । उनीहरुको पोखराकै मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो १५ दिन भित्र पोखरामा अत्यधिक प्याराग्लाइडिङ दुर्घटना भएका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.