www.tandavnews.com
Fact ~ In search of truth

गोरखाका कृषकलाई हाते ट्याक्टर

गोरखा ।

शहीद लखन गाउँपालिकाले कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षको कृषक अनुदान कार्यक्रमअन्तर्गत सहुलियतमा हाते ट्र्याक्टर वितरण गरिएको गाउँपालिका कृषि शाखाका प्रमुख विजय पौडेलले जानकारी दिए ।

उनले पहिलो चरणमा छनोटमा परेका १२ कृषि समूह र सहकारीलाई ट्र्याक्टर वितरण गरेका र अब केही दिनभित्रै थप आठ ट्र्याक्टर वितरण गर्ने तयारी भएको बताए । पहिलो चरणमा छ वडाका कृषि समूह तथा कृषि सहकारीलाई ट्र्याक्टर वितरण गरिएको उनको भनाइ छ ।

Batas

“गाउँपालिकाले यो आवमा एक वडा, दुई हाते ट्र्याक्टर वितरणका लागि बजेट विनियोजन गरेको थियो”, शाखा प्रमुख पौडेलले भने, “त्यही कार्यक्रमअन्तर्गत पहिलो चरणमा ट्रयाक्टर वितरण गरिएको हो ।” ट्र्याक्टर बितरणका लागि नौ लाख रुपैयाँ बजेट विनियोजन भएको उनले जानकारी दिए ।

सार्वजनिक सूचना प्रकाशन गरी गाउँपालिकाभित्र दर्ता भएका कृषि फार्म, व्यावसायिक कृषिखेती गर्दै आएका किसान र कृषि सहकारीलाई अनुदानमा ट्रयाक्टर वितरण गरेको उनले बताए । “३५ जना कृषक तथा कृषि समूहहरु तथा कृषि सहकारीको निवेदन परेको थियो”, उनले भने, “निवेदन परेकामध्ये यो वर्षमा १८ जनालाई अनुदान उपलब्ध गराउने निर्णय गाउँपालिकाले गरेको हो ।” वितरण गरिएका ट्र्याक्टरमध्ये चार डिजेलबाट सञ्चालन हुने र बाँकी आठ पेट्रोलबाट सञ्चालन हुने खालको रहेको शाखा प्रमुख पौडेलले बताए ।

छनोटमा परेका कृषकलाई सदरमुकाममा दुई दिइने ट्र्याक्टर चलाउने तालीमसमेत गाउँपालिकाले प्रदान गरेको उनले जानकारी दिए । कृषकलाई वितरण गरिएका ट्र्याक्टरले एक घण्टामा दुई रोपनीसम्म जमीन जोत्न सक्ने बताइएको छ । रासस

तस्बिर गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.