www.tandavnews.com
Fact ~ In search of truth

भेटेरिनरी डाक्टरको भूमिका

– डा. प्रकाश अधिकारी

सामन्यातया धेरै जस्तो मानिसले भेटेरिनरी डाक्टर (पशु चिकित्सक) भन्ने बितिकै पशुपंन्छीको उपचार, अध्यन र अनुसन्धान गर्ने व्यक्ति भन्ने बुझ्दछन् तर भेटेरिनरि डाक्टरको मानव स्वास्थ्य वा जनस्वास्थ्यमा पनि उतिकै भूमिका छ ।

पशुमा लाग्ने दुइ तिहाइ रोगहरु विभिन्न माध्यमबाट मानिसमा सर्दछन् । यसरी पशुबाट मानिसमा सर्ने रोगलाई जुनोटिक रोग भनिन्छ । विश्वजगतमा देखा परेका रेबिज, बर्ड फ्लु, इबोला, निफा, मलेरिया, डेंगु आदि रोगहरु मानिसमा लाग्न र वातावरणमा फैलन नदिन भेटेरिनरी डाक्टरको भूमिका प्रमुख रहन्छ । मानिसको जनसंख्या बृद्धिसँगै मानिसको पशुपंक्षीसँगको सम्पर्क पनि बढेको छ ।

Batas

त्यस्तैगरि जलवायु परिवर्तन, आधुनिक जिवनशैली, औद्योगिकरण, र वातारण प्रदुषणले विश्वजगतमा नयाँ–नयाँ रोगहरु देखा परेका छन् । समयमै रोगको सहि पहिचान, उपचार र नियन्त्रण हुन नसक्दा बिभिन्न समयमा कयौ व्यक्तिले ज्यान गुमाएका छन् ।

उदाहरणको लागि रेबिजलाइ लिन सकिन्छ । रेबिज लागेको कुकुर वा अन्य जनावारको टोकाईबाट मानिसमा लाग्ने यो रोग बाट वर्सेनी ७० हजार व्यक्तिको मृत्यु हुन्छ । त्यस्तै प्रत्यक १० मिनेटमा १ जना व्यक्तिले ज्यन गुमाउछन भने सो मध्ये अधिकांश १६ बर्ष मुनिका बालबालिका भएको तथ्यांक छ ।

यो रोग सत् प्रतिशत रोकथाम गर्ने सकिने भएतापनि अझै पनि विश्वका दुइ तिहाई देशहरुमा यो रोग प्रमुख चुनौतीको रुपमा रहेको छ । नेपालमा पनि रेबिज रोग बाट बार्षिक रुपमा सय भन्दा बढी व्यक्तिहरुको मृत्यु हुने गरेको छ । अन्तर्राष्ट्रिय रुपमै सन् २०३० सम्ममा विश्वबाट रेबिज रोग अन्त्य गर्ने लक्ष्य लिएको छ र उक्त लक्ष्य पूरा गर्ने भेटेरिनरि डाक्टरको भूमिका प्रमुख रहन्छ ।

यसैगरी सन् २००३ देखि हाल सम्म ज्छल्ज्ञ नामक बर्ड फ्लुबाट ८६० जना व्यक्ति संक्रमित भएकोमा जसमध्य ४५४ व्यक्तिको मृत्यु भएको छ । मानिसमा बर्डफ्लुको संक्रमण बिरलै भयतापनि यो रोग लागिसकेपछि मानिस बाच्ने सम्भावना भने ४० प्रतिसत मात्रै हुन्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने बर्डफ्लु सन् २००९ देखि हालसम्म विभिन्न ठाउँमा देखा पर्दै आइरहेको छ । यो रोग मानिसमा लाग्न र फैलन नदिन भेटेरिनरी डाक्टरले खेलेको भूमिकालाइ नकार्न सकिदैन ।

यस्तैगरि सन् २००० देखि २००५ सम्मको तथ्यांक हेर्ने हो भने जनावार बाट मानिसमा सर्ने डेंब्गु भाइरस फैलदा २५ हजार, जापानिज इनसेफलाइतिस बाट १५ हजार , लासा फिबर बाट ५ हजार व्यक्तिको मृत्यु भएको थियो ।

यो बाहेक एन्टीबायोटिक प्रतिरोध अर्थात रोगबिरुद्द एन्टीबायोटिकले काम गर्ने नसक्ने अवस्था अहिले बिश्वमै प्रमुख चुनौतीको रुपमा देखिन्छ ।

यदि यो चुनौतीलाई समाधान नगर्ने हो भने एन्टीबायोटिक प्रतिरोधका कारण सन् २०५० सम्म करोडौ व्यक्तिको मृत्यु र खरबौ रुपैयाँको क्षति हुने अनुमान गरिएको छ । हामीले दिनहुँ उपयोग गर्ने मासु, अण्डा , दूध जस्ता पशुजन्य उत्पादन अहिले विभिन्न रोगहरु तथा एन्टीबायोटिक अबसेसको ( रेसीडु ) स्रोत बन्न पुगेको छ । यदि भेटेरिनरी डाक्टरले जथाभावी रुपमा उपचार या अन्य प्रयोजनको लागी यी यस्ता औषधिको अनुचित प्रयोग गर्ने हो भने मानव स्वास्थलाई नकरात्मक असर परि ठूलो जनधनको क्षति हुने निश्चित छ ।

तसर्थ स्वस्थकर पशुपंक्षी उत्पादन गरि मानव स्वास्थ्यमा पर्ने सक्ने प्रतिकुल असरलाइ न्युनिकरण र नियमन गर्न गोठ देखि ओंठ सम्म भेटेरिनरी डाक्टरहरुको ठुलो भूमिका रहन्छ ।

यस्तै गरि पसुपंक्षीजन्य उद्योगहरुबाट वातावरणमा पर्ने नकरात्मक प्रभाव कम गरि मानव स्वास्थ्यको सुरक्षा गर्ने भेटेरिनरी डाक्टरको प्रमुख दायित्व हो । भेटेरिनरी डाक्टरको मानव स्वास्थ्यमा रहेको भूमिकालाई विश्वजगतले आत्मासात गरिसकेको छ ।

सोहि अनुरुप विश्व स्वास्थ संगठन (WHO), विश्व खाध्य तथा कृषि संगठन (FAO) र विश्व पशु स्वास्थ संगठन (OIE) ले संयुक्त रुपमा एक विश्व एक स्वास्थ अर्थात् ओन हेल्थ (ONE HEALTH) को अवधारणा जारि गरेका छन् ।

हालसालै भारत, श्रीलंका र नेपालमै पनि बर्डफ्लु, निफा, रेबिज र अन्य जुनोटिक रोग हरुको संक्रमण फैलिरहेको सन्दर्भमा यी रोगहरुको नियन्त्रणमा कयौ भेटेरिनरी डाक्टरहरु संग्लन रहेका छन् ।

यी यस्ता जुनोटिक रोगहरु नेपालमा पनि विभिन्न समय र स्थानमा देखा परिरहेका छन् । तसर्थ विश्व स्वास्थ्य संगठनकको सदस्य राष्ट्र भएको नाताले नेपालले पनि ओन हेल्थ को अबधारणालाइ अबलम्बन गरि र यस्ता जुनोतिक रोगहरुको नियन्त्रण र रोकथाम गर्नु आजको आवश्यकता हो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.