www.tandavnews.com
Fact ~ In search of truth

डिजिटल विज्ञापनको नाममा व्यक्ति पोस्दै पोखरा महानगर

व्यवस्थित बनाएर कर लिनेकी भद्रगोलमै रुमलिने ? मनोज चौहान र महानगरबीचको खेल के छ ?

पोखरा
ताण्डव न्यूज ।

पोखरा महानगरले यहि चैत ५ गतेदेखि पोखरा भित्रका विभिन्न ठाउँमा राखिएका विज्ञापनका होर्डिङ बोर्ड हटाउन सुरु ग¥यो । स्मार्ट सिटी बनाउने अभियानमा रहेको पोखरा महानगरले स्मार्ट डिजिटल बोर्ड राखेर विज्ञापन राख्ने निर्णय गर्दै होर्डिङ बोर्ड हटाउन थालेको हो ।

यसअघि पोखरा उद्योग वाणिज्य संघले २६ लाखमा पोखरा भित्रको विज्ञापनको ठेक्का लिएको थियो । पोखरा महानगरले पनि आफूले काम नगरी मनोज चौहानको कम्पनीलाई सुम्पेको थियो । यसो गर्ने बेलामा पनि मनोज चौहानले उवासंघ र महानगरसँग ठूलै राजनीति खेलेका थिए । उक्त ठेक्का सम्झौताको समयावधि सकिएपछि महानगरले नयाँ ठेक्का प्रक्रिया नै नगरी होर्डिङबोर्ड हटाउन सुरु ग¥यो ।

Batas

व्यक्ति पोस्दै महानगर

अहिले पोखराको चिप्लेढुंगा नजिकै एउटा डिजिटल विज्ञापन बोर्ड राखिएको छ । तर, पोखरा महानगरले डिजिटलको नाममा खास डिजिटल नभई ट्यूबलाइट वाला विज्ञापन राखेर झुटको खेती सुरु गरिसकेको छ ।

महानगरले प्रतिक्षालयहरुमा त्यसको नमुना देखाइसकेको छ । कर कम उठेको कारण देखाउँदै महानगरले करोड आम्दानी गुमाउँदै आफू निकटको व्यक्तिलाई विज्ञापन दिन अनेक प्रपञ्च रचेको आरोप पनि लागेको छ ।

स्थानीय सरकारको रुपमा रहेको महानगरले सरकारको आम्दानीको हेक्का नराखी बिना टेण्डर एक व्यक्तिलाई डिजिटल विज्ञापनको नामको जिम्मा लगाउने तयारी गरेको महानगर स्रोतको दाबी छ ।

यसअघि २६ लाखमा विज्ञापनको ठेक्का दिएपनि दुई कम्पनीले मात्रै करिब ४० लाख रुपैयाँ राजस्व बुझाएको भरपाइ ताण्डव न्यूजले प्राप्त गरेको छ । महानगरले टेण्डर प्रतिस्र्धाबाट विज्ञापन राख्ने वातावरण नबनाई करोडौँ रकम गुमाउँदै छ ।

परिचयको आपत्ति

होर्डिङबोर्ड राख्नको लागि यसअघिको सम्झौता सकिएपछि महानगरले डिजिटल विज्ञापन राख्ने भन्दै बिना तयारी बोर्ड फाल्न सुरु गरेको छ ।

पोखरामा विज्ञापन राख्दै आएको विभिन्न कम्पनीहरुले कर तिर्छु भन्दाभन्दै पनि जबर्जस्ती हटाउन थालिएको भन्दै विरोध गरेका छन् । पोखरा क्षेत्रमा विज्ञापन राख्दै आएको परिचय एड्भर्टाइजिङले विज्ञप्ती नै जारी गरी यसको विरोध गरेको छ ।

‘महानगरको यो निर्णयप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । कार्यपालिकाको बैठकले निर्णय गरी जारी गरेको सूचना अनुसार हामी विज्ञापन व्यवसायीहरुले होर्डिङबोर्ड व्यवस्थित र परिस्कृत गर्न समायावधि थप गर्न पटक–पटक ज्ञापन पत्र बुझाएका थियौँ,’ परिचयको विज्ञप्तीमा भनिएको छ, ‘महानगरभित्रका होर्डिङ बोर्डलाई डिजिटल प्रविधिमा रुपान्तर गर्ने नाममा विज्ञापन व्यवसायीसँग छलफल नै नगरी विज्ञापन हटाएको हाम्रो आपत्ति छ ।’

परिचयले जारी गरेको विज्ञप्तीमा परिस्कृत विज्ञापन डिजिटल भय रहित तरिकाले व्यवसाय गर्ने वातावरण बनाउन महानगरलाई आग्रह समेत गरिएको छ ।

पोखरा महानगरपालिकाका सूचना अधिकृत गंगालाल सुवेदीले होर्डिङ बोर्डलाई समयक्रम अनुसार डिजिटलाइज गर्ने उद्देश्यका साथ पुराना हटाउन थालिएको जनाए ।

होर्डिङ बोर्ड हटाउन यसअघि ३ पटकसम्म सार्वजनिक सूचना प्रकाशित गरेकोमा अटेरपछि महानगर आफैले होर्डिङ बोर्ड हटाउन थालेको उनले बताए ।

व्यवस्थित बनाएर कर लिनेकी भद्रगोलमै रुमलिने ?

पोखरा महानगरपालिकाले अहिले होर्डिङ बोर्ड मार्फत विज्ञापन राख्दै आएका व्यवसायीहरुले विकल्पबारे नसोची एकाएक हटाउन थालेकोमा व्यवसायीहरुले चित्त दुखाएको बताएका छन् ।

विज्ञापनलाई नयाँ ढंगबाट राख्न समन्वय गरेर अघि बढ्न अहिले विज्ञापन राखिरहेका कम्पनीहरुले पटक–पटक भन्दा पनि महानगरले नसुने झै गरेको परिचय एड्भर्टाइजिङ कम्पनीका प्रवन्ध निर्देशक सोभित बस्यालले बताए ।

महानगर फसेको ठाउँ

एक हिसाबले भन्ने हो भने केहि दिन अघि सुरु गरेको होडिङ बोर्ड हटाउने अभियानमा पोखरा महानगर फसिसकेको छ ।

महानगरले पोखरा महानगरलाई साँच्चीकै स्मार्ट सिटीको रुपमा विकास गर्ने हो भने नेपाल सरकारले नै प्रतिवन्ध लगाएको, विज्ञापन गर्नै नपाइने तर, विज्ञापन गरिरहेका मादक पदार्थका विज्ञापनहरु हटाएर अभियान सुरु गर्न सक्थ्यो । न कि अब गर्न लागेको जस्तो बिना प्रतिस्पर्धा आफूले रोजेको व्यक्तिलाई जिम्मा लगाएर र अरु विज्ञापन हटाएर ।

मनोज चौहान र महानगरबीचको खेल के छ ?

मनोज चौहान आफूलाई फाइदा हुने काम गर्नको लागि हदै सम्मको रणनीति र खेल खेल्न तयार हुने व्यक्ति भएको आरोप यसअघि देखि नै लाग्दै आएको छ । अहिलेको होर्डिङ बोर्ड हटाउने काण्डमा पनि उनै चौहानले राजनीति गरेको प्रष्ट छ ।

महानगरले होर्डिङ बोर्ड च्यात्न सुरु गरेको दिन चैत पाँच गते परिचय एड्भर्टाइजिङका प्रवन्ध निर्देशक बस्यालसँग चौहानले फोन वार्ता गरेका थिए । फोनमा चौहानले बस्याललाई अहिले भएका होर्डिङबोर्डको कर तिर्न आग्रह समेत गरेका थिए । जवाफमा बस्यालले हटाउने बोर्डको कर नतिर्ने र तिर्न परे महानगरसँग समन्व्य गरे तिर्ने भनेको बए ।

तर, बस्यालसँग कुरा गरेलगत्तै चौहाने पोखरा महानगरका केहि जिम्मेवार व्यक्तिहरुलाई फोन गरेका थिए । त्यसको केहि घण्टामा उनै बस्याल प्रवन्धक निर्देशक रहेको परिचय एड्भर्टाइजीङ कम्पनीले राखेको होर्डिङ बोर्ड हटाएर महानगरले होर्डिङ बोर्ड हटाउने नाटक सुरु गरेको थियो । पोखरामा परिचय एड्भरर्टाइजिङसँगै आधा दर्जन भन्दा धेरै विज्ञापन एजेन्सीहरुले होडिङ बोर्ड राख्दै विज्ञापन गर्दै आइरहेका छन् ।

‘कर तिर्न मात्रै म तीन पटक त महानगर गएको थिएँ,’ बस्याल भन्छन्, ‘हामीले पनि परिस्कृत हुँदै काम गरौँ भनेका हौँ मेरै गोरुको बाह्रै ठक्का भनेका हैनौँ । यसरी महानगर जिम्मेवारीबाट पन्छन मिल्दैन ।’

के भन्छ महानगर ?

यस विषयमा पोखरा महानगर भने पन्छिदैँ आएको छ । महानगरका राजस्व अधिकृत छवि शर्माले डिजिटल विज्ञापन राख्नका लागि र समायानुसार परिमार्जित हुन यसो गरिएको बताए ।

‘डिजिटल विज्ञापन राख्दा होडिङ बोर्ड जस्तो धेरै ठाउँमा पनि राख्न नपर्ने,’ उनले भने, ‘डिजिटल भए सभ्य पनि देखिने समय अनुसारको पनि हुने ।’

महानगरले सरकारले पनि विज्ञापन गर्न नपाइने भनेको मादक पदार्थको विज्ञापनहरु नहटाई किन अरुबाट सुरु गरेको भन्ने प्रश्नमा उनले भने, ‘होर्डिङबोर्ड हटाउने निर्णय एक वर्ष पहिलेको हो । अब यो त्यो विज्ञापन भन्ने हुँदैन सबै विज्ञापन हट्छ । डिजिटल बस्छ ।’

यो पनि

छायाँ एड्भरटाइजिङले गुण्डागर्दी शैलीमा रकम उठाउँदै

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.