पोखरा ,
ताण्डव न्यूज ।
कोरियन भाषा परिक्षाका लागी आज शुक्रबार देखि आवेदन खुलेको छ ।
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत पहिलो चरणको परीक्षाका लागी आवेदन खुला भएको हो । आज देखि खुला भएको आवेदन चैत्र १७ गते सम्म भर्न सकिनेछ । आवेदन १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नागरिकले भर्न सक्नेछन् ।

आवेदन फाराम दर्ता गर्दा नै परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने इपिएस शाखाले जनाएको छ। पोखरा केन्द्रबाट पहिला आउने १२ हजार मात्रले आवेदन फाराम भर्न सक्नेछन्।
यसपाली घरमै बसेर अनलाइनमार्फत रकम भुक्तानी गर्न र आवेदन भर्न सकिने ईपीएस शाखाले जनाएको छ । ग्लोबल आईएर्म बैंकको अनलाइन तथा आईएमई –पे र ई–सेवामार्फत रकम भुक्तानी गर्न सकिने भएकाले लाइनमा नबस्न शाखाले आग्रह गरेको छ ।
परीक्षा आवेदन फारम इपिएस कोरिया शाखाको वेबसाइट www.eoers.epsnepal.gov.np बाट भर्न सकिनेछ। ग्लोबल बैंकमा रहेको एकाउन्टमा पैसा जम्मा गरेपछि दिइने नम्बरका आधारमा उक्त वेबसाइटमा मा लगइन गरेर अनलाइनबाटै फारम भर्न सकिन्छ।
फाइल तस्बिर: गुगलबाट
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.