www.tandavnews.com
Fact ~ In search of truth

पुष्पलाल राजमार्गको स्तरोन्नति तीव्र

कास्की ।

राष्ट्रिय गौरवको निर्माणाधीन पुष्पलाल राजमार्गको कास्की खण्डमा सडक फराकिलो बनाएर स्तरोन्नतिको कामले तीव्रता पाएको छ । पोखरा–बाग्लुङ राजमार्गको पोखरा महानगरपालिका–२५ याम्दीदेखि कास्की र पर्वतको सीमा नयाँ पुलसम्मको ३७ किमी दूरीमा हालसम्म करीब ४० प्रतिशत काम सम्पन्न भएको योजनाले जनाएको छ ।

पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना पर्वतले तीन वर्षभित्रमा निर्माण गरिसक्ने गरी सो खण्डलाई तीन भागमा विभाजन गरी २०७४ असारमा दुई अर्ब ९३ करोड ६६ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता गरेको थियो । सडक विस्तारका क्रममा अधिकांश स्थानमा बिजुली र खानेपानीका पाइप स्थानान्तरण गर्नुपर्ने हुँदा ढिलाइ भए पनि हालसम्मको प्रगति सन्तोषजनक रहेको योजना कार्यालय पर्वतका योजना प्रमुख आशिष थापामगरले बताए ।

Batas

उनले भने, “याम्दी÷सुइखेत क्षेत्रमा केही समस्या छन् । बिजुलीका पोल, खानेपानी पाइपका समस्या तत्काल समाधान गर्न सकिए तोकिएको समयमै काम सकिन्छ । समग्रमा कास्की खण्डको कार्यप्रगति सन्तोषजनक छ ।” तीन भागमा विभाजन गरेर ठेक्का आह्वान गरिएकामा याम्दीदेखि सुइखेतफाँटसम्म स्वच्छन्द इलाइट जेभीले ९८ करोड ७९ लाख ६१ हजार ४ हजार १५ रुपैयाँ तथा सुइखेतदेखि घट्टेखोलासम्म शर्मा एण्ड कम्पनीले ९८ करोड १२ लाख ५० हजार ५ सय २९ रुपैयाँ लागतमा कामको जिम्मा पाएका छन् ।

तीस मिटर चौडाइ तथा सडकको बीचमा तीन मिटरको खण्ड तथा दायाँबायाँ दुई÷दुई मिटरको नाला निर्माण गरिने सम्झौतामा उल्लेख छ । उच्च प्रविधिको अस्पात कङ्क्रिट प्रविधिका माध्यमबाट सो सडक कालोपात्र गरिने बताइन्छ ।

त्यस्तै घट्टेखोलादेखि नयाँपुलसम्मको २६ किमी दूरीमा श्रेष्ठ दिवा एपेक्स कन्स्ट्रक्सनसँग ९६ करोड ७४ लाख ११ हजार १०७ लागतमा ठेक्का सम्झौता गरिएको थियो । यस सडक भने दुई लेन (सात मिटर) को मात्र हुनेछ । पहाडी धरातल भएका कारणले पनि सो सडक दुई लेनभन्दा बढी फराकिलो बनाउन कठिनाइ रहेको बताइन्छ । हालसम्म बाटो फराकिलो पार्ने, गाभ्रेलिङ गर्ने, नाली निर्माण तथा सो माथि स्ल्याब, कल्भर्डको निर्माण तथा आवश्यक ठाउँमा पर्खालको काम सकिएको इञ्जिनीयर अनन्त बरालले जानकारी दिए ।

सो सडक निर्माण कार्यमा हाल दैैनिक ४०० मजदूर तथा जेसिभी, एक्साभेटर, क्रसरलगायत १५ वटा उपकरण प्रयोग गरी कामलाई तीव्रता दिइएको उनको भनाइ छ । “काबु बाहिरको परिस्थिति आइपरेमा केही ढिलाइ हुनसक्छ । अन्यथा तोकिएकै समयभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ”, बरालले भने ।

याम्दीदेखि फेदीसम्म बिजुली तथा खानेपानीको पोल सार्न सम्बन्धित कार्यालयमा ताकेता गरिरहेको र हटाउनेबित्तिकै काममा सहज हुने विश्वास उनले व्यक्त गरे । लमजुङको सुन्दरबजार हुँदै भोर्लेटार भएर कास्की प्रवेश गर्ने उक्त राजमार्गको कास्की÷लमजुङ सीमादेखि याम्दी खण्डमा भने ठेक्का आह्वान भएको छैन ।

सो खण्डको विस्तृत आयोजना प्रतिवेदन ९डिपीआर० तयार भएकाले मन्त्रिपरिषद्ले स्वीकृति दिएलगत्तै ठेक्का आह्वान गरिने योजना प्रमुख थापामगरले बताए । विगतमा विभिन्न खण्डमा टुक्राटुक्रा गरेर ठेक्का आह्वान गरिँदा स्थानीयस्तरमा समस्या आएको र आयोजना निर्देशनालयले सर्भे सकेर त्यसलाई अन्तिम रुप दिने तयारी गरेकाले मन्त्रिपरिषद्ले स्वीकृत गरेलगत्तै बाँकी रहेको देशभरको एकैपटक ठेक्का आह्वान गरिने उनले स्पष्ट पारे ।

कास्की, पर्वत र बाग्लुङ तीन जिल्ला हेर्ने गरी पर्वतमा रहेको सो योजनाअन्तर्गत पर्वत र बाग्लुङ क्षेत्रमा पनि काम तीव्रताका साथ भएको जनाइएको छ । पूर्वी पहाडी जिल्ला पाँचथरको चियोभञ्ज्याङबाट शुरु भई सुदूरपूर्वको बैतडी झुलाघाटमा गएर टुङ्गिने सो आयोजनाको दूरी एक हजार ७७६ किमी छ । रासस

तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.