www.tandavnews.com
Fact ~ In search of truth

पर्वतमा पहिलो पटक स्ट्रिट फुड फेस्टिबल

संजय रेग्मी,
पर्वत /ताण्डव न्यूज ।

‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ पर्वत जिल्लामा नै पहिलो पटक सडक खाना महोत्सवको आयोजना गरिने भएको छ । अहिलेसम्म अरु प्रतिस्पर्धात्मक रुपमा महोत्सवहरुको आयोजना हुने गरेको भएपनि पहिलो पटक सडकमै खाने गरी महोत्सवको आयोजना हुन लागेको हो ।

पर्वत जेसीजको आयोजनामा नयाँ बर्ष २०७६ सालको अवसरमा यही चैत ३० गतेदेखि वैशाख २ गतेसम्म महोत्सवको आयोजना गरिएको पर्वत जेसिजले जानकारी गराएको छ । अध्यक्ष मोहन आचार्यले नेपाली नयाँ बर्ष मनाउन, पर्वतका सांस्कृति, पर्यटकीय तथा धार्मिक ठाउँको प्रर्वद्धन गर्न, जेसिज अभियानलाई सशक्त बनाउन, स्थानीय कला, संस्कृति र मौलिकतालाई झल्काउन, स्थानीय परिकारको स्वाद चखाउन, पर्वतमा उत्पादित बस्तुहरुको प्रर्वद्धन गर्न र साना तथा घरेलु उद्योग र व्यवसायलाई टेवा पुर्याउनको लागि सडक खाना महोत्सवको आयोजना गर्न लागिएको बताए ।

Batas

महोत्सवमा स्टल राख्ने तथा अवलोकन गर्नेहरुलाई निशुल्क रुपमा प्रवेशको व्यवस्था मिलाईएको पनि पर्वत जेसिजले जानकारी दिएको छ । महोत्सवमा स्थानीय उत्पादनका २० ओटा स्टल रहने र करीब २५ हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ । राष्ट्रिय तथा स्थानीय लोक कलाकारहरुको साथै हाँस्य कलाकारहरुको पनि प्रहसन रहने महोत्सवका निर्देशक शिवप्रसाद सुवेदीले जानकारी दिए ।

पर्वतमा जेसीजको स्थापना सन् १९९६ मा स्थापना भएको थियो । यूवाहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि कार्यक्रमहरु गर्दै आएको जेसिजले सामाजिक सेवाका कामहरु पनि गर्दै आईरहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.