www.tandavnews.com
Fact ~ In search of truth

सम्भावनै सम्भावना स्पोटुरिजमको

– विनोद लामिछाने

कास्की जिल्ला टेनिस संघले भर्खरै एउटा नयाँ सम्मान पाएको छ । हुन त टेनिस संघले पाएको यो पहिलो सम्मान होइन । तरपनि यसपटकको सम्मान संघका लागि विगतको भन्दा पृथक रहयो ।

यो सम्मान ग्रहण गर्दा संघका पदाधिकारीहरुले फरक अनुभुति गरे । खेलकुदको माध्यमबाट पोखराको पर्यटन विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै पश्चिमाञ्चल क्षेत्रीय होटल संघले टेनिस संघलाई सम्मान गरेको हो । यो सम्मानका लागि टेनिस संघ पक्कैपनि हकदार थियो ।

Batas

किनकी टेनिस संघले पोखरामा एक वर्षभित्र चारवटा अन्र्तराष्ट्रिय प्रतियोगिता सम्पन्न गरेको थियो । आइटीएफ यु–१४, यु–१८ र सिनियरका दुई संस्करण । यि चार प्रतियोगिता खेल्न झण्डै हजार जति विदेशी खेलाडी पोखरा आएको संघ कास्कीका अध्यक्ष दार्जे लामाको अनुमान छ ।

यु–१८ पोखराको टेनिसमा अभुतपूर्व रहयो । पोखरेलीले पोखरामै बसेर ग्राण्डस्लामको छनक देख्न पाए । झण्डै २७ राष्ट्रका खेलाडीहरु दुई साता पोखरा बस्दा यहाँको पर्यटन विकासमा पनि महत्वपूर्ण टेवा पुग्यो ।

अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईको शब्द सापट लिने हो भने पोखरामा सञ्चालन हुने केही अन्तर्राष्ट्रिय फुटबल प्रतियोतिगाले यहाँ थुप्रै आन्तरिक तथा बाह्य पर्यटक भित्राउने गरेका छन् ।

यसबाहेक पनि क्रिकेट, भलिबल, ब्याडमिण्टन, ह्याण्डबल, बास्केटबल लगायत खेल यहाँ भइरहेकै छन् । खेलकुद सहरका रुपमा स्थापित पोखरा पछिल्लो समय खासगरि साहसिक खेलको केन्द्र बन्दै गएको छ ।

प्याराग्लाइडिङ्ग, जीप फ्लायर, बञ्जिजम्प, क्यानोनिङ्ग, कायाकिङ्ग, ¥याफ्टिङ्ग, डुंगा दौड, स्काई डाइभिङ्ग, रक क्लाइमिङ, जंगल नाइट वाक, हाइकिङ्ग लगायत साहसिक खेलको यहाँ प्रचूर सम्भावना छ ।

यिनै साहसिक खेलको विकास र प्रवद्र्धन सकिने हो भने यहाँ खेल पर्यटनको ठूलो सम्भावना रहेको बक्सिङ्गका पूर्व अन्र्तराष्ट्रिय खेलाडी समेत रहेका भट्टराई बताउँछन् ।

नेपाल घुम्न आउने अधिकांश पर्यटकको विशेष रुची साहसिक खेलकुद तर्फ देखिने गर्दछ । पोखरा आउने पर्यटकले प्याराग्लाइडिङ्ग गरेनन् भने ग्ल्याडरमार्फत् हिमाल अवलोकन गरेनन् भने अथवा सराङ्गकोटबाट जिप फ्लायरमा झरेनन् भने उनीहरुको पोखरा भ्रमण निरर्थक नै रहने गर्दछ ।

यहाँ घुम्न आएका पर्यटकहरुले जंगल नाइट वाक, स्काई डाइभिङ्ग, रक क्लाइम्बिङ्ग र क्यान्नोइङ्गबारे विशेष चासो राख्ने गरेका छन् । कास्कीको वीरेठाँटी र ल्वाङघलेलमा क्यानोनिङ्ग खेल सञ्चालन गरिएका छन् । डोरी माध्यमबाट पानीको झरनामा खेलिने यो एक साहसिक खेल हो । सिद्धार्थ राजमार्ग तथा पोखरा–बागलुङ भूपि शेरचन राजमार्गमा क्यानोनिङ र रक क्लाइमिङका धेरै सम्भावना रहेका छन् । रक क्लाइमिङले पनि पर्यटकलाई थप मनोरञ्जन प्रदान गर्न सक्छ ।

पोखरा घुम्न आएका पर्यटकलाई अझै रमाइलो प्रदान गर्न उनीहरुबीच डुंगा दौड प्रतियोगिता गराउन सकिन्छ । पर्यटकीय नगरी पोखरा यसैमा राम्रो छ ।

त्यसैमाथि पनि वरपरका गाउँवस्तिमा मिलेर बसेको फरक–फरक जातजाति, धर्म, संस्कृतिले पनि पोखरामा त्यस प्रकारका पर्यटक भित्राउन अहम् भूमिका निर्वाह गर्न सक्छ । खेलकुदसँगै वातावरणीय, धार्मिक, मेडिटेसन ध्यान, योगा लगायत माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न सकिने प्रचुर सम्भावना रहेको छ ।

पोखरा उपत्यकालाई खेलकुदको केन्द्र बनाउन योजनावद्ध तवरले पूर्वाधार विकासको खाँचो छ । राजधानीबाट २ सय किलोमिटरको दुरीमा रहेको पोखरा जोड्ने नुवाकोट–सामरीभञ्ज्याङ्ग–धादिङ्ग–गोर्खा–लमजुङ्ग–तनहुँ जोड्ने हुलाकी मार्ग पनि पर्यटन विकासको आधार बन्न सक्छ । यहाँबाट मनाङ्ग, मुस्ताङ्ग, डोल्पा, ढोरपाटन, सुदूरपश्चिमहुँदै कर्णाली जोड्न सके त्यसको पनि प्याकेजमै सेल गर्न सकिन्छ । त्यस्तै दक्षिणतर्फ तानसेन, बुटवल, लुम्बिनी समेटेर पोखराबाट गतिविधि सञ्चालन गर्न सकिन्छ ।

तर, यी सबैका लागि सुरुङ्ग राजमार्ग र पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको खाँचो रहने गर्दछ । मुख्यगरी राजमार्गबिना उच्च हिमाली र पहाडी हाम्रो मुलुकका दुर्गम ठाउँमा गतिविधि सञ्चालन गर्न असम्भवप्रायः छ ।

प्राकृतिक तथा भौगौलिक दृष्टिकोणबाट नेपाल संसारकै सुन्दर मुलुकमध्ये एक हो । नेपालले अहिलेसम्म नियमित खेलकुदजन्य क्रियाकलापका माध्यमबाट ठूलो संख्यामा पर्यटक भित्राउन सकेको छैन । तर, साहसिक खेलका विविध विधाबाट भने नेपालले आफूलाई स्थापित गरिसकेको छ ।

प्याराग्लाइडिङ, क्यानोइङ, बन्जीजम्प, ¥याफ्टिङजस्ता गतिविधिका लागि नेपाल संसारमै परिचित भइसकेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा म्याराथन आयोजना गर्ने देश हो, नेपाल । अत्यन्तै खर्चिलो र साहसिक यही एउटा ‘इभेन्ट’ नेपालमा खेल पर्यटनको सम्भावना उजागर गर्न पर्याप्त छ ।

सरकारले ठूला र अन्तर्राष्ट्रिय सुविधासम्पन्न रंगशाला बनाइदिने हो भने ती संरचनाले सजिलै लगानी उठाउन सक्नेछन् । खेलकुद एकसाथ धेरै पर्यटक भित्रिने माध्यम हो । खेलाडी भित्रिँदा एयरलाइन्सदेखि, होटेल, यातायात, पर्यटन व्यवसायी तथा कृषि उपजले समेत बजार पाउँछन् । यिनै विषयवस्तुमाथि सरकारले चासो देखाउने हो भने नेपालले खेल पर्यटनमा ठूलो फड्को मार्न सक्नेछ ।

(लामिछाने नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीका पूर्वाध्यक्ष हुन् ।)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.