www.tandavnews.com
Fact ~ In search of truth

बलेवा महोत्सवमा बचेको रकम क्याम्पसलाई

बलेवा ।

बागलुङ जिल्लामै पहिलोपटक शैक्षिक उन्नयनका लागि सञ्चालन भएको प्रथम बलेवा महोत्सवको आम्दानी खर्च सार्वजनिक भएको छ ।

महोत्सव सम्पन्न भएको एक महीनापछि आयोजक नारायणस्थान सामाजिक सेवा प्रतिष्ठान बलेवाले आम्दानी खर्चको विवरण सार्वजनिक गरेको हो । गत फागुन २ गते देखि १२ गतेसम्म सञ्चालन भएको महोत्सवमा झण्डै डेढ करोड रुपैयाँ आम्दानी भएको आयोजकले जनाएको छ ।

Batas

महोत्सवको अवसर पारेर कृष्ण गण्डकी क्याम्पस बलेवामा एक करोडको अक्षयकोष स्थापना गर्न चलाइएको सहयोग अभियान र अन्य क्रियाकलापबाट एक करोड ४७ लाख ५० हजार २ सय १६ आम्दानी भएको मूल आयोजक समितिका संयोजक भरत पौडेलले जानकारी दिए ।

महोत्सवमा १३ लाख ८२ हजार १५९ खर्च भएको छ । महोत्सवको व्यवस्थापन, अतिथि सत्कार, प्रचारप्रसार लगायतका शीर्षकमा खर्च भएको कोषाध्यक्ष स्वर्गेन्द्रबहादुर खत्रीले जानकारी दिए ।

खर्च कटाएर बचेको एक करोड ३३ लाख ६८ हजार ५७ कृष्णगण्डकी क्याम्पसको शैक्षिक उन्नयनका लागि अक्षयकोषमा राखिने अध्यक्ष पौडेलले बताए । सहयोगी दाताको नाम, रकम र ठेगानासहितको विवरण तथा खर्चका शीर्षक तथा रकमसहितको विवरण नगरपालिकाका बलेवा क्षेत्रमा पर्ने चारवटै वडाका सार्वजनिकस्थलमा टाँसिने आयोजकले जनाएको छ ।

सामाजिक सञ्जाल, सञ्चारमाध्यम र सार्वजनिकस्थलमा विवरण टाँस गरेर आर्थिक पारदर्शिता अपनाइने अध्यक्ष पौडेलले बताए । बचेको रकम एक कार्यक्रमको आयोजना गरी क्याम्पसलाई हस्तान्तरण गरिने आयोजकले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.