www.tandavnews.com
Fact ~ In search of truth

भर्ना हुन नपाउँदा इञ्जिनीयरिङका विद्यार्थी बिचल्लीमा

नवलपरासी ।

कलेजको लापरवाहीका कारण पूर्वी नवलपरासीको गैँडाकोटस्थित अक्सफोर्ड कलेज अफ इञ्जिनीयरिङ एण्ड मेनेजमेन्टमा अध्ययनरत १९ विद्यार्थी बिचल्लीमा परेका छन् ।

विसं २०१४ देखि २०१८ ब्याचका तीन विद्यार्थी मौका परीक्षा दिनबाट वञ्चित हुन पुगेका छन् भने १६ विद्यार्थी यस वर्ष माथिल्लो स्तरको एमई भर्ना हुन नपाएपछि बिचल्लीमा परेका हुन् । उक्त कलेजले सिभिल इञ्जिनीयरिङ सङ्कायतर्फको तेस्रो र पाँचौँ सेमेस्टरको प्रोजेक्ट वर्कको अङ्क पोखरा विश्वविद्यालयलाई समयमै नपठाउँदा ती विद्यार्थी समस्यामा परेका हुन् ।

विसं २०७५ पुुस १२ गते नतिजा प्रकाशन हुनुपर्ने भए पनि विद्यार्थीको दबाबपछि कलेजले प्रोजेक्ट वर्कको अङ्क पोखरा युनिभर्सिटीलाई पठाएर चैत ५ गते नजिता प्रकाशन गरेको थियो । छैटौँ, सातौँ र आठौँ सेमेस्टर पास गरेका १६ विद्यार्थीको समेत तेस्रो र पाँचौ सेमेस्टरको प्रोजेक्ट वर्कको नम्बरको नतिजा ढिला आएका कारणले यस वर्ष एम।ई भर्ना हुन नपाएका हुन् ।

तिजाअनुसार तीन विद्यार्थी सोमती गुरुङ, विवेक भट्ट र विनिता लामिछाने मौका परीक्षा दिन पाउने थिए । मौका परीक्षाका लागि फारम भर्ने अवधि गत फागुन ३० गतेसम्म रही चैत ४ र ५ गते मौका परीक्षा निर्धारण गरिएको थियो ।

पोखरा विश्वविद्यालय चैत २ र त्रिभुवन विश्वविद्यालय फागुन २१ गतेसम्म एम. ईका लागि आवेदन फारम भर्न पाउने समयावधि तोकेकाले उनीहरू बिचल्लीमा परेका हुन् । यस विषयमा कलेज प्रशासनले प्राविधिक त्रुटिका कारण नतिजा ढिलो आएकाले विद्यार्थी समस्यामा परेको कलेजका प्राचार्य हरि भण्डारीले बताए ।

कलेजले प्रोजेक्टको अङ्क समयमै नपठाएका कारण नतिजा प्रकाशन ढिला हुँदा विद्यार्थीलाई समस्या भएको पोखरा विश्वविद्यालयका उपकुलपति चिरञ्जीवी शर्माले बताए । उक्त कलेजकै ढिलाइका कारण नतिजा प्रकाशन ढिला भएको पीडित विद्यार्थीको आरोप थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.