www.tandavnews.com
Fact ~ In search of truth

पोखराको चर्चित बलात्कार काण्ड : आरोपी दुबैलाई छ दिनको म्याद थपियो

पोखरा ,
ताण्डव न्यूज ।
पोखराकी एक किशोरी माथी बलात्कार र यौन र्दुव्यवहार गरेको आरोपमा पक्राउ परेका विरुद्ध छ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दर कुमार श्रेष्ठ र एनआइसी एसिया पर्यास्याङ शाखाका प्रमुख सुबास सुवेदीलाई जिल्ला अदालत कास्कीले छ दिनको म्याद थपेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो । उनीहरु दुबैलाई कास्की प्रहरीले शुक्रबार पक्राउ गरेको थियो ।

किशोरी आरोपी श्रेष्ठको छिमेकीको घरमा घरेलु कामदारको रुपमा काम समेत गर्दै आएकी छन् । जिप्रका कास्कीमा पिडित किशोरीले दिएको प्रारम्भीक बयानको आधारमा उनलाई पक्राउ गरिएको थियो । बैंकका म्यानेजर सुबेदी माथी भने किशोरीलाई पटक पटक यौन र्दुव्यवहार गरेको आरोप लागेको छ । प्रहरीसँगको प्रारम्भीक बयानमा श्रेष्ठले आफुलाई बलात्कार नै गरेको किशोरीले आरोप लगाएको स्रोतले बतायो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.