www.tandavnews.com
Fact ~ In search of truth

मुस्ताङमा सुख्खा पहिरो : तीनसय मिटर लामो पहिरो, गाउँ नै जोखिम

पोखरा,
ताण्डव न्यूज ।

लामो हिमपातले ठुलो पशुधन गुमाएका मुस्ताङीहरुलाई फेरी अर्काे आपत आइपरेको छ । जिल्लाको घरपजोङ गाउँपालिका १ टिबेटियन क्याम्प नजिकै सोमबार रातीबाट सुख्खा पहिरो खस्न थालेको हो ।

पहिरोले छैरो गाउँ, टिबिटेन क्याम र चिमाङ गाउँ आउजाउ गर्ने मुख्य बाटो पुरै खसेको मुस्ताङका सञ्चारकर्मी सुशीलबाबु थकालीले थाहा खबरलाई जानकारी दिए । ‘अहिले पुरै बस्ती जोखिममा छ । ५० भन्दा धेरै रहेको बस्थीमा ८ घर उच्च जोखिममा छन्,’ उनले भने, ‘रातीबाट खसेको पहिरोले अहिले सम्म तिब्बतियनहरुको सहयोगमा सञ्चालन भइरहेको स्वास्थ्य चौकी, ३ वटा सार्वजनिक शौचालय, गाइगोठ, स्नान घर पुरै लगेको छ ।’

पहिरो करिब ३ सय मिटर लामो दुरीको रहेको उनले जानकारी दिए । बर्खायाममा कालीगण्डकीले पनि उक्त बस्ती छेउको जमिन कटान गरेको थियो । ‘बर्खायाममा कालिगण्डकीले गरेको कटान गरेको थियो,’ थकालीले भने, ‘अहिले त्यसको असर देखियो । अझ ठुलो दुर्घटना हुने देखिन्छ ।’

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरीको सक्रियतामा जोखिममा रहेका घरका मानिसहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । पहिरोको उच्च जोखिममा रहेका आठ घरका स्थानीयहरु राती नै भागेर छिमेकीकोमा पुगेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.