www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरले रक्सीको विज्ञापन फाल्दै फाल्दैन, अरुको विज्ञापन देख्नै हुँदैन (फोटो फिचर)

पोखरा
ताण्डव न्यूज

पोखरा महानगरले यहि चैत ५ गतेदेखि पोखरा भित्रका विभिन्न ठाउँमा राखिएका विज्ञापनका होर्डिङ बोर्ड हटाउन सुरु ग¥यो ।
स्मार्ट सिटी बनाउने अभियानमा रहेको पोखरा महानगरले स्मार्ट डिजिटल बोर्ड राखेर विज्ञापन राख्ने निर्णय गर्दै होर्डिङ बोर्ड हटाउन थाल्यो ।

यसअघि पोखरा उद्योग वाणिज्य संघले २६ लाखमा पोखरा भित्रको विज्ञापनको ठेक्का लिएको थियो । पोखरा महानगरले पनि आफूले काम नगरी मनोज चौहानको कम्पनीलाई सुम्पेको थियो । यसो गर्ने बेलामा पनि मनोज चौहानले उवासंघ र महानगरसँग ठूलै राजनीति खेलेका थिए । उक्त ठेक्का सम्झौताको समयावधि सकिएपछि महानगरले नयाँ ठेक्का प्रक्रिया नै नगरी होर्डिङबोर्ड हटाउन सुरु ग¥यो ।

Batas

अहिले पोखरा महानगरले होर्डिङ बोर्ड हटाउने नाममा सुन्दर पोखरालाई झन कुरुप बनाएको छ । होर्डिङ बोर्डको विकल्प र योजनाबाट कुनै ठोस निर्णय विना सुरु भएको यो अभियानले पोखरा महानगर अहिले आलोचित पनि बनिरहेको छ । पोखरा महानगरले सबै भन्दा ठुलो गल्ती कहाँ गरेको छ भने राज्यले नै विज्ञापन गर्न प्रतिवन्ध लगाएको मादक पदार्थको विज्ञापन हटाउन किन ध्यान दिँदैन ।

अरु ब्यवसायिक विज्ञापनहरु किन उसले पहिले च्यातेको ? महानगर होर्डिङबोर्ड हटाउने नाममा फ्लेक्स हटाएर बोर्डहरु भने जस्ताको त्यस्तै अहिले ठिंग देखिन्छन् । होर्डिङबोर्डमाबाट च्यातेको फ्लेक्सहरु थान्को लगाउन समेत सकेको छैन । पोखराको सडक छेउमा झन फोहोरको थुप्रो बनाएर फालिदिएको छ ।

तस्बिरमा हेर्नुस होर्डिङबोर्ड हटाउने नाममा महानगरको भद्रगोल

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.