www.tandavnews.com
Fact ~ In search of truth

स्थानीय तहमा पार्टी एकतालाई पूर्णता दिन कार्यदल गठन

गलेश्वर ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले स्थानीय तहमा पार्टी एकतालाई पूर्णता दिन कार्यदल गठन गरेको छ ।

मङ्गलबार पार्टीका गण्डकी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङको उपस्थितिमा जिल्ला संयन्त्रको चौँथो बैठकले स्थानीय तह र जनवर्गीय सङ्गठनको एकताको खाका तयार पार्न कार्यदल गठन गरेको हो ।बैठकले एकतालाई छिटो टुङ्ग्याउनका लागि साङ्गठनिक एकीकरणसम्बन्धी काम गर्नका लागि नेता हरिकृष्ण श्रेष्ठ, गोविन्द पौडेल, बालकृष्ण सुवेदी र टेकबहादुर विश्वकर्मा रहेको कार्यदल गठन गरेको हो ।

कार्यदलले चैत १७ गतेसम्म एकीकरणको ठोस प्रस्ताव पेश गर्ने निर्णय भएको जिल्ला इन्चार्ज भुपेन्द्रबहादुर थापाले जानकारी दिए । पार्टीको सम्पत्ति एकीकरण तथा लेवी निर्धारणका लागि गोविन्द पौडेल, हरिकृष्ण श्रेष्ठ, देवेन्द्र केसी र शेरबहादुर केसी रहेको कार्यदललाई चैत २० गतेभित्र प्रस्ताव पेश गर्ने जिम्मेवारी दिइएको उनले बताए ।

यस्तै पार्टीको गाउँपालिकास्तरमा भेला सञ्चालन र पार्टी एकताका विषयमा छलफल गरी राय सुझाव लिनका लागि बेनी नगरपालिकामा गोविन्द पौडेल र बालकृष्ण सुवेदी, मङ्गलामा टेकबहादुर विश्वकर्मा र देवबहादुर घले, मालिकामा नवराज शर्मा र रेशम जुग्जालीलाई जिम्मेवारी तोकिएको छ ।

यसैगरी धवलागिरिमा खुमबहादुर बानियाँ र शेरबहादुर केसी, रघुगङ्गामा देवेन्द्र केसी र विनोद केसी, अन्नपूर्णमा हरिकृष्ण श्रेष्ठ र देवराज सुवेदीलाई जिम्मेवारी तोकिएको इन्चार्ज थापाले जानकारी दिए ।

विप्लब समूहका कार्यकर्ताद्वारा पार्टी परित्याग

नेत्रविक्रम चन्द (विप्लव) समूहका एक कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । बेनी नगरपालिका–४ सिङ्गा तातोपानीका प्रेम श्रीषले स्थानीय सञ्चार माध्यममा पत्रमार्फत विप्लव समूहको कुनै पनि सङ्घ सङ्गठनको साधारण सदस्यसमेत नरहेको जानकारी गराउनुभएको हो । विसं २०५३÷५४ देखि जनमिलिसिया हुदँै उक्त समूहमा आवद्ध भएका श्रीष विप्लव समूहको जिल्ला सदस्य र सो समूह निकट मगर मुक्ति मोर्चाको केन्द्रीय सदस्य थिए ।

सरकारले विप्लव समूहलाई लगाएको प्रतिबन्धका कारण आफूमाथि पटक–पटक धरपकड भएको र पेशा व्यवसाय गर्ने वातावरण नभएकाले उक्त समूहबाट अलग भएर स्वतन्त्र नागरिकको रूपमा रहने श्रीषद्वारा प्रेषित पत्रमा उल्लेख छ ।

यसअघि प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको र चलाउँदै आएको सवारीसाधन प्रहरी कार्यालयमा राखेको उनले बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.