www.tandavnews.com
Fact ~ In search of truth

करातेमा अन्तर्राष्ट्रिय पदक जितेका म्याग्दीका निर्मललाई सम्मान

गलेश्वर।

कराते खेलमा अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता म्याग्दीका रघुगङ्गा गाउँपालिका–२ भगवतीका निर्मलबहादुर केसीलाई गण्डकी प्रदेशले सम्मान गरेको छ ।

भारतमा सम्पन्न दोस्रो साउथ एशियाली रिजनल कन्ट्रिज क्याकोसिन कराते प्रतियोगितामा नेपालका तर्फबाट स्वर्णपदक जितेका केसीलाई गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन र मन्त्रालयका सचिव दीर्घनारायण पौडेलले नगद रु २५ हजार, दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरे।

बुधबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रममा सम्मान गर्दै मन्त्री पुनले खेलकूदको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पदक विजेतासहित व्यावसायिक खेलाडीलाई मन्त्रालयले प्रोत्साहनसहितको कार्यक्रम सञ्चालन गर्ने बताए ।

“गण्डकी प्रदेशलाई खेलकूदको क्षेत्रमा हब बनाउनुपर्छ, खेलाडीलाई खेलकूदबाहेक अन्य क्षेत्रको विकल्प रोज्नु्पर्ने अवस्थाको अन्त्यका लागि योजना बन्दैछ,” मन्त्री पुनले भने । उनले कराते, भलिबल, फुटबलसहित विभिन्न खेलमा गण्डकी प्रदेशले देशभर नै उत्कृष्टका साथै अन्तर्राष्ट्रिय खेलमा समेत सहभागिताको वातावरण बनाउन स्थानीय तहमा खेल संरचनासहित प्रतियोगितात्मक गतिविधिलाई प्राथमिकता दिएको बताए।

खेलाडीको हौसलाका लागि मन्त्रालयले निरन्तर पहल गर्ने मन्त्रालयका सचिव दीर्घनारायण पौडेलले बताए । उनले खेलकूद क्षेत्रबाट समेत गण्डकी प्रदेशको शिर उच्च रहेको बताउँदै खेलकूदमा लागेका खेलाडी निराश हुनुपर्ने अवस्था नभएको जिकिर गरे । रासस

तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.