www.tandavnews.com
Fact ~ In search of truth

हस्पिटालिटी कन्टेस्टको उपाधि अनिकलाई

पोखरा,
ताण्डव न्यूज ।

हस्पिटालिटी नेपाल कन्टेस्ट तेस्रो संस्करणको टाइटल अनिक अधिकारीले जितेका छन् ।

१७ प्रतिस्पर्धीलाई उछिन्दै अधिकारीले टाइटल जितेका हुन् । उनले नगद २५ हजार रुपैयाँ प्राप्त गरेका छन् साथमा उनले दुबई भ्रमणको प्याकेज पाएका छन् ।
फाइनलमा जर्जले सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिएको आधारमा उनी विजेता भएका हुन् ।

Batas

प्रतियोगितामा पवित्रा तामाङ फस्ट रनरअप र प्रतीक गुरुङ सेकेन्ड रनरअप भए भने सन्देश केसी थर्ड रनरअप भए । मुख्य निर्णायकमा पाइलट तथा अभिनेता विजय लामा थिए । हिसान कास्कीका अध्यक्ष डा. रामजी शर्मा, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश निर्देशक मणिराज लामिछाने, माउन्ट अन्नपूर्ण कलेजका प्राचार्य शैलेन्द्र श्रेष्ठ र नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेजका प्राचार्य प्रकाश रेग्मी र नाट्टा अध्यक्ष सन्तोष पोखरेल निर्णायक मण्डलमा थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.