www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीका गाउँमा पोषणसम्बन्धी स्क्रिनिङ क्याम्प

गलेश्वर ।

पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिकाअन्तर्गत विभिन्न वडामा बालबालिकाको पोषणसम्बन्धी स्क्रिनिङ क्याम्प शुरु भएको छ ।

गाउँपालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिमार्फत मिलन म्याग्दी तथा सुआहारा कार्यक्रमको प्राविधिक सहयोगमा पोषण लेखाजोखासम्बन्धी क्याम्प सञ्चालन गरिएको हो । बच्चा जन्मिएको छ महीनादेखि पाँच वर्षसम्मका बालबालिकाको पोषण अवस्था पत्ता लगाउन स्क्रिनिङ क्याम्प आयोजना गरिएको धवलागिरि गाउँपालिकाले जनाएको छ ।

Mahanagar add

कार्यक्रमअन्तर्गत शुक्रबार धवलागिरि–३ मुनामा कुपोषण पत्ता लगाउन २१ बच्चाको नापजाँच गरिएकामा सबै बालबालिकाको मध्यम अवस्था रहेको पाइएको सुआहाराका फिल्ड सुपरभाइजर चन्द्रकला बानियाँले बताए । उनका अनुसार, धवलागिरिका अधिकांश वडामा बिहीबार र शुक्रबार कार्यक्रम गरिएको छ भने वडाभित्रका केही टोल बस्तीमा कार्यक्रम सञ्चालन भइरहेको छ ।

यसैगरी धवलागिरि–१ गुर्जामा भने आइतबार र सोमबार कार्यक्रम हुने आयोजकले जनाएका छन् । मुनामा सम्पन्न गरिएको कार्यक्रममा वडाका जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, लक्षित समूहका महिला तथा बालबालिकालगायतको सहभागिता रहेको थियो । कार्यक्रमको अवसरमा पोषिलो खाना प्रदर्शनीसमेत गरिएको थियो ।

बच्चामा कुपोषण भए÷नभएको अवस्था पत्ता लगाइसकेपछि उसलाई पोषणयुक्त खानपानको व्यवस्था गर्ने, नियमित स्वास्थ्य परीक्षण र परिवारलाई परामर्श दिइने कार्यक्रम रहेको जनाइएको छ । त्यस्तै धवलागिरि–७ ताकममा सञ्चालन गरिएको क्याम्पमा तीन बालिकामा कुपोषण भएको भेटिइएको ताकम स्वास्थ्यचौकीका इन्चार्ज सम्झना खाती क्षत्रीले जानकारी दिएका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...