www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीको भीरमह र जडिबुटी अन्तर्राष्ट्रिय व्यापार मेलामा

म्याग्दी ।

शनिबार काठमाडौँमा सम्पन्न नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको भीरमह र जडीबुटीले समेत महत्व पाएको छ ।

व्यापार मेला प्रदर्शनीमा जिल्लामा बहुमूल्य जडीबुटीको खानी मानिने मुदी तथा आसपासका क्षेत्रमा पाइने जडीबुटी र भीरमहको प्रर्दशनीसमेत गरिएको र प्रदर्शनीमा राखिएको भीरमह सबै बिक्री भएको म्याग्दी उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष सुविन श्रेष्ठले बताए ।

Batas

उनका अनुसार, म्याग्दी उद्योग वाणिज्य सङ्घको पहलमा शुद्ध भीरमह र जडीबुटीको बिक्री वितरणका लागि आशमान गुरुङको मोइन्वा टे«र्डसले स्टल राखेको थियो । म्याग्दीको एक मात्रै स्टलमा भीरमहको अन्तर्राष्ट्रिय बजारका बारेमा समेत चासो व्यक्त गरिएको उनले बताए ।

मुदीमा पाइने यार्सागुम्बासहितका जडीबुटीको माग देशमा भन्दा अन्तर्राष्ट्रिय बजारमा धेरै भएको उपाध्यक्ष श्रेष्ठले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.