www.tandavnews.com
Fact ~ In search of truth

चौहानकै चङ्गुलमा महानगर !

पोखरा
ताण्डव न्यूज ।

पोखरामा होर्डिङ बोर्डको विवादसँगै मनोज चौहानको चर्चा पनि उत्तिकै हुन थालेको छ । विशेष गरि होर्डिङ बोर्ड, प्रतिक्षालय, सोलार पोल ठेक्का काण्डमा विराटनगरका चौहान सातिर खेलाडीको रुपमा देखा परेका छन् ।

यि त्यहि चौहान हुन् जसले अघिल्लो पटक उवासंघको स्वामित्वमा रहेको होर्डिङ बोर्ड ठेक्का पट्टा पनि बिना टेण्डर उम्काएका थिए । यस पटक पनि त्यही दाउमा छन् उनी ।

Batas

होडिङ बोर्ड, सोलार बोर्ड, प्रतिक्षालय, उनकै पोल्टामा पार्न महानगर र उवासंघको साथ पाएको महानगर स्रोतले बतायो । ‘यि सबैको जिम्मा जुन सुकै समूह वा टोलीलाई परेपनि चौहान जोडिएकै हुन्छन्,’ स्रोतले भन्यो, ‘त्यसको एक मात्र उद्देश्य भनेको चौहानले महानगरका केहि कर्मचारी र उवासंघलाई गुण लगाएका छन् ।’

उवासंघले आयोजना गरेको एक कार्यक्रममा दुई सय जना भन्दा धेरै सहभागीलाई भात खुवाउने जिम्मा उनै चौहानको थियो । त्यति मात्रै हैन उवासंघका केहि पदाधिकारीलाई बैदेशिक भ्रमणको समेत चाँजोपाँजो मिलाएका थिए । जुन कुराको सामाजिक सञ्जालमा चर्काे आलोचना र विरोध भएको थियो ।

यता व्यवसायीको पक्षमा बोल्नुपर्ने उवासंघलाई महानगरले ७३ वटा सोलार पोल विज्ञापनको लागि जिम्मा दिएर चुप लगाउने काम गरेको व्यवसायीहरु बताउँछन् ।

डिजिटलको नाममा होर्डिङ व्यवसायीलाई सडकमा ल्याउने योजना चौहान लगायतका केहि गिरोहको रहेको आरोप छ । महानगरले होर्डिङ बोर्ड हटाएर प्रतिक्षालय र सोलार पोलको ब्यवसाय उकास्ने योजनामा जुटेको स्रोत बताउँछ ।

‘यता होर्डिङबोर्ड च्यातेर मिल्काइयो । अब रक्सीको र अन्य विज्ञापन विस्तारै यसरी नै हटाइन्छ,’ महानगर स्रोतले भन्यो, ‘त्यसपछि विज्ञापन कहाँ दिने भन्दै छटपटिएका विज्ञापन दाताले चौहानकै जिम्मामा रहेको प्रतिक्षालय र सोलार पोलमा नदिइ हुँदैन । यसरी रचिएको ग्राण्ड डिजाइनको उपलब्धीले कामै नलाग्ने प्रतिक्षालय र सोलार पोलले पनि सजिलै विज्ञापन पाउने देखिन्छ । यि सबै विज्ञापनमा मनोज चौहान जोडिएकै छन् ।’

याे पनि

होर्डिङ होयक्स !

महानगरको नाजायज निर्णय माथि अदालको हस्तक्षेप

डिजिटल विज्ञापनको नाममा व्यक्ति पोस्दै पोखरा महानगर

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.