www.tandavnews.com
Fact ~ In search of truth

चाउथेमा इराकोन ब्लक उद्योग सञ्चालनमा

पोखरा ।

पोखराको चाउथेमा इराकोन ब्लक उद्योग सञ्चालनमा आएको छ ।  उद्योगमा वातावरणमैत्री ब्लकहरु उत्पादन हुने सञ्चालकले बताएका छन् ।

राजू कायश्थ, निर्मल जोजिजू, ध्रुव पोखरेल, वीरेन्द्रनारायण बिजुक्छे, कृष्णराज पोखरेल र हरेराम जोजिजूको संयुक्त लगानीमा उद्योग सञ्चालनमा आएको हो ।

Batas

उद्योग अन्तर्गत ग्रिनसिटी सर्भिसेस पनि सञ्चालन रहेको उद्योगका कम्पनी सचिव कृष्णराज पोखरेलले जानकारी दिए ।

पोखरामा पहिलोपटक इको ब्लक उद्योग सञ्चालनमा आएको उनले बताए । कम्पनीले एल ब्लक, हलो ब्लक र इको ब्लक उत्पादन सुरु गरेको छ ।

भूकम्प प्रतिरोधी, जाडोमा न्यानो र गर्मिमा चिसो हुने खालका सामान उत्पादन र बिक्री वितरण गरिने ग्रिन सिटीका अध्यक्ष राजु कायश्थले जानकारी दिए । उद्योगमा करिब ४ करोड रुपैयाँ लगानी भएको बताइएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.