www.tandavnews.com
Fact ~ In search of truth

हावाहुरीमा परि बारामा ३१ को मृत्यु,४ सय बढी घाईते

पोखरा
ताण्डव न्यूज ।

आइतबार हिजो साँझको हावाहुरी र असिनापानीले बारा,पर्सा र रौतहटमा कम्तिमा ३१ जनाको मृत्यु भएको छ ।
चार सय भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने सम्भावना रहेको छ । ठुलो हावाहुरी आएको र घर लगायतका भौतिक संरचना भत्किएकाले त्यहाँ पुरिएको हुनसक्ने प्रहरीले जनाएको छ ।

घरमाथि विजुलीको पोल ढल्दा करेन्ट लागेर,रुख ढलेर च्यापिदाँ र गुडिरहेको बस दुर्घटना हुदाँ उनीहरुको ज्यान गएको बारा प्रहरीले जानकारी दिएको छ ।हावाहुरीले सडकमा रोकिराखेका करिब २५ वटा बस र ट्रक पल्टाएको थियो त्यसमा परि धेरै घाइते भएका छन् ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.