www.tandavnews.com
Fact ~ In search of truth

एकलौटी निर्णय गरेको भन्दै काँग्रेसले गर्यो गाउँपालिका कार्यालयमा तालाबन्दी

संजय रेग्मी,
पर्वत /ताण्डव न्यूज ।

पर्वतको महाशिला गाउँपालिकाले प्रतिपक्षी नेपाली काँग्रेसलाई बेवास्ता गरेर एकलौटी निर्णयहरु गरेको भन्दै गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ ।

यस अगाडि चरणबद्ध रुपमा ध्यानाकर्षण पत्र बुझाउने, गाउँपालिकाका जनप्रतिनिधिहरुलाई घेटेर काँग्रेसलाई पनि निर्णय प्रक्रियामा सहभागी गराउनुपर्ने सुझाव दिने लगायतका गतिबिधि गरिरहेको काँग्रेसले सोमबार साँझ भने पालिकाको कार्यालयमा तालाबन्दी गरेको हो ।

Batas

काँग्रेसले चरणबद्ध रुपमा आन्दोलन गरीरहेपछि गाउँपालिका र काँग्रेसकाबीच सोमबार दिउसोबाट वार्ता शुरु भएको थियो । तर वार्ता निष्कर्षमा नपुगेपछि अन्ततः कार्यालयमा तालाबन्दी गर्नुपरेको काँग्रेस नेता उज्वल गुरुङले बताए । वार्तामा गाउँपालिकाको तर्फबाट गाउँपालिकाका ६ ओटै वडाका वडाध्यक्षहरु र काँग्रेसका तर्फबाट नेता गुरुङ सहित अशोक उचै ठकुरी, सन्तोष हमाल, बिक्रम लोहनी लगायत रहेका थिए ।

छलफलका क्रममा गाउँपालिकाका तर्फबाट वार्तामा सहभागी भएका वडाध्यक्षहरुले आफ्नो हातमा अधिकार नभएका कारण केही गर्न नसकिने बताएपछि वार्ता निष्कर्ष बिहीन भएको हो । काँग्रेसले भने अधिकार नै नभएका व्यक्तिलाई वार्तामा पठाउनु भनेको गाउँपालिकाले काँग्रेसका मागलाई हाँसोमा उडाउनु सरह हो भन्दै तालाबन्दी गरेको हो ।

काँग्रेसले आफ्ना न्यूनतम मागहरु पूरा हुनुपर्ने, अधिकार सहितको वार्ता टोली हुनुपर्ने, पूर्व सहमतिहरु कार्यान्वयन हुनुपर्ने, मालपोत कर र सेवा शुल्क अन्यत्रको भन्दा बढी भएकोले घटाईनुपर्ने, गाउँपालिकाका हरेक क्रियाकलाप काँग्रेसलाई पनि सहभागी गराईनुपर्ने मागहरु पूरा भएमा मात्र गाउँपालिकाको ताला खोलीने नभएमा तालाबन्दी अनिश्चत कालसम्म रहने बताएको छ ।

महाशिला गाउँपालिकाका प्रवक्ता जीवनबिक्रम उचैले भने काँग्रेसलाई बिभिन्न ७ ओटा विषयमा छलफलका लागि बोलाईएको तर त्यो वार्ताका रुपमा भने नरहेको बताए । गाउँपालिकाका प्रमुख राजु पौडेल विदेश भ्रमणमा रहेका कारण सोमवार वडाध्यक्षहरु बसेर सामान्य छलफल भएको र मंगलवार पुनः छलफल गरौँला भनेको भएपनि काँग्रेसले भने सोमवार नै आफ्ना मागहरु पूरा गर्नुपर्ने माग गर्दै तालावन्दी गरेको उनको भनाई छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.